Headline

बेल्जियम राष्ट्रिय टोलीबाट बहिरिए डि ब्रुन

Published

on

मिडफिल्डर केविन डि ब्रुनले वुधबार हुने आइसल्याण्ड विरुद्धको खेलका लागि बेल्जियमको टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन् । लगत्तै उनि आफ्नो क्लब म्यानचेस्टर सिटी फर्किएका थिए ।

२९ वर्षिय डि ब्रुनलाई इङ्ल्याण्डसँग भएको अघिल्लो खेलमा ७३ मिनेटमा सब्स्टिचुट गर्दै निकालिएको थियो ।

“डी ब्रुन आफ्नो क्लब फर्किएका छन्,” बेल्जियन राष्ट्रिय टोलीको अधिकारिक ट्वीटरले लेखेको छ ।

“उनी आइसल्याण्ड विरुद्ध खेल्नका लागि फिट रहेका छैनन्,” ट्वीटमा लेखिएको छ ।

बेल्जियम इङल्याण्डसँग वेम्बलीमा २-१ ले पराजित भएसँगै नेसन्स लिगको लिग ए समुह २ मा शिर्ष स्थानबाट एक अंकले पछि परेको छ ।

प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको सिटीलाई डि ब्रुनको चोटले ठुलो झड्का लागेको छ । सिटीले अर्को खेल आर्सनलसँग शनिबार खेल्दै छ।

इङ्ल्याण्डसँगको खेल पछि बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले चोटग्रस्त हुने सम्भावना रहेकाले उनलाई सब्स्टिचुट गरिएको बताएका थिए ।

“हामीले सावधानी अप्नाउदै डि ब्रुनलाई निकालेका थियौँ, उनलाई चोट लागेको छ कि छैन, त्यो भने हेर्न बाँकी रहेको छ,” मार्टिनेजले भनेका थिए ।

डि ब्रुन सिटी फर्किएका छन् भने सिटीका अर्का खेलाडी रहिम स्टर्लिङ्ग लाई  पनि चोट लागेको संचार मध्यमहरुले बताएका छन् ।

सिटी प्रिमियर लिगमा तीन खेल खेल्दै १४ औँ स्थानमा रहेको छ ।

Click to comment

Trending