Headline

२०२२ विश्वकप छनोट: अर्जेन्टिना र बोलिभिया भिड्दै, ब्राजिललाई पेरुको चुनौती

Published

on

दक्षिण अमेरिकामा शुरु भएको विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा बुधबार अर्जेन्टिनाले बोलिभिया र ब्राजिलले पेरुको सामाना गर्दैछ ।

अर्जेन्टिनाका लागि बोलिभियाको खेल निकै महत्वपूर्ण हुने छ । पहिलो खेलमा इक्वेडरलाई १-० ले हराएको अर्जेन्टिनाले बोलिभियाबिरुद्ध त्यो लयलाई कायम राख्ने सुरमा हुनेछ ।

२०१८ का लागि भएको विश्वकप छनोटको अन्तिम चरण सम्म कुर्नु परेको अर्जेन्टिनाका लागि फेरी त्यही कथा दोहोरिन नदिन यो खेल जित्नै पर्ने दवाव हुने छ ।

सधै जसो सबैको आँखा स्टार खेलाडी लियोनल मेस्सीमै हुने छ भने अर्का खेलाडी पाउलो डिबालाले भने खेल गुमाउने छन् । उनलाई प्रशिक्षक लियोनल सल्कोनीले टोलीबाट बहिर राख्ने निर्णय गरेका हुन् ।

यो खेल आज १:४५ मा सुरु हुने छ ।

अर्को खेलमा दक्षिण अेमेरिकी च्याम्पियन ब्राजिलले पेरुको समाना गर्ने छ।

पहिलो खेलमा बोलिभियालाई ५-० ले हराएको ब्राजिललाई पेरु भने सजिलो प्रतिस्पर्धी हुने छैन । २०१८ को विश्वकपमा आफ्नो स्थान बनाएको पेरु
२०२२ का लागि पनि आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।

पहिलो खेलमा पाराग्वेसँग २-२ गोलको बराबरी खेलेको पेरुको एक अंक रहेको छ । ब्राजिलका लागि नेमार अभ्यासमा फर्किसकेका छन् भने सबै खेलाडी फिट रहेको पनि प्रशिक्षक टिटेले बताएका छन् ।

यो खेल वुधबार बिहान ५:४५ मा शुरु हुनेछ ।

यस्तै अन्य खेलमा इक्वेडरले उरुग्वे, भेनेजुवेलाले पाराग्वे र चिलीले कोलम्बियासँग खेल्दै छन् ।

कम देश भएका कारण दक्षिण अेमेरिकामा राउन्ड रोबिनको आधारमा खेल्दै शिर्ष चार हुने टोलीले विश्वकपमा स्थान बनाउने प्रवधान छ ।

Click to comment

Trending