IPL

डि भिलिर्यसको तुफानी पारीमा बेंगलोरको विशाल योगफल 

Published

on

एबी डि भिलियर्सले तुफानी पारी खेलेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो सातौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राईडर्सलाई १९५ रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १९४ रन बनायो ।

ओपनरद्वय देवदत्त पडिकल र आरोन फ़िञ्चले पहिलो विकेटका लागि सात दशमलब चार ओभरमा ६७ रनको साझेदारी गर्दै बेंगलोरलाई राम्रो सुरुवात दिए । २३ बलमा ३२ रन बनाएका पडिकल आन्द्रे रसेलको बलमा बोल्ड भए । फ़िञ्च पनि ३७ बलमा ४७ रन बनाउँदै प्रसिध कृष्णाको बलमा आउट हुन पुगे ।

बेंगलोरले १२ दशमलब दुई ओभरमा ९४ रन बनाएर दुई विकेट गुमाएको अवस्थामा ब्याटिङमा आएका एबी डि भिलियर्स सुरुवात देखि नै आक्रमक देखिए । डि भिलियर्सले तेश्रो विकेटका लागि कप्तान कोहलीसँग मिलेर ४७ बलमा अविजित १०० रनको साझेदारी गर्दै बेंगलोरलाई विशाल योगफल सम्म पुर्याए । १०० रन मध्य कोहलीले मात्र २२ रन बनाए भने डि भिलियर्सले ७३ रन बनाए ।

३३ बलको सामना डि भिलियर्सले अविजित रहँदै पाँच चौका र छ छक्काको मद्धतमा सर्वाधिक ७३ रन बनाए भने कप्तान कोहलीले २८ बलमा अविजित ३३ रनको पारी खेले ।

महँगो साबित भए पनि प्रसिध कृष्णा र आन्द्रे रसेल कोलकाताको लागि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

आजको खेलमा बेंगलोरले र कोलकाता दुबैले १-१ परिवर्तन गरेका छन् । कोलकाताका टम बान्टनले आईपीएलमा आज डेब्यु गर्दै छन् । उनलाई सुनिल नारायणको स्थानमा टोलीमा समावेस गरिएको हो । त्यस्तै बेंगलोरले गुरकिरत मनको स्थानमा मोहम्मद सिराजलाई सुरुवाती ११ मा स्थान दिएको छ ।

समान ६-६ खेल खेलेका बेंगलोर र कोलकाता दुबैले चार खेलमा जित हात पार्दा दुई खेलमा पराजित भएका छन् । समान ८-८ अंक रहे पनि नेट रन रेटका आधारमा अंक तालिकामा कोलकाता तेश्रो तथा बेंगलोर चौथों स्थानमा रहेका छन् ।

दुई टोली बीचको हेड टु हेड हेर्ने हो भने बेंगलोर भन्दा कोलकाता नै हाबी रहेकको छ । २४ खेलमा एक आपसमा भिड्दा कोलकाताले १४ तथा बेंगलोरले १० खेलमा जित हात पारेका छन् ।

पछिल्लो पाँच खेलको नतिजालाई नै आधार मान्ने हो भने चेन्नाईको अगाडी बेंगलोर निरिह देखिन्छ । पछिल्लो पाँच खेल मध्य चार खेलमा कोलकाताले जित दर्ता गराउँदा बेंगलोरले एक खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको थियो ।

Click to comment

Trending