IPL

दिल्लीलाई ठुलो झड्का, इशान्त शर्मा आईपीएलबाट बाहिर 

Published

on

दिल्ली क्यापिटल्सलाई ठुलो झड्का लागेको छ । दिल्लीका तिब्र गतिका बलर इशान्त शर्मा इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएका छन् ।

शर्मा चोटका कारण आईपीएलका बाँकी खेल खेल्न नसक्ने भएका हुन् । उनको पेटको मांसपेशी च्यातिएको छ जसका कारण उनी प्रतियोगिताबाट बाहिरिन बाध्य भए ।

आईपीएल सुरु हुनु भन्दा पहिले ढाडको समस्या देखा परेका शर्माले यस सिजन एक खेल मात्र खेलेका थिए । हैदराबाद विरुद्धको उक्त खेलमा तीन ओभर मात्र बलिङ गरेका उनले २६ रन खर्चिए भने विकेट हात पार्न सकेनन् ।

गत हप्ता अभ्यासका क्रममा उनको करंङमा समस्या देखिएको थियो । पछि उनको उपचारका क्रममा उनको पेटको मांसपेशी च्यातिएको देखिएको हो ।

यसै पनि तिब्र गतिका बलरहरुको कमी भएको दिल्लीमा शर्मा बाहिरिएसँगै दिल्लीलाई झनै समस्या पर्ने देखिएको छ । दिल्लीले अहिले सम्म शर्माको ठाउँमा कुनै पनि खेलाडीलाई अनुबन्ध गरेको छैन ।

यस अघि दिल्लीका लेग स्पिनर अमित मिश्रा पनि औंलामा लागेको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् भने विकेट किपर रिशब पन्त पनि ह्यामस्ट्रिंगको चोटका कारण एक हप्ता खेल्न नसक्ने भएका छन् ।

समान १०-१० अंक रहे पनि मुम्बई पछि अंक तालिकाको दोश्रो स्थानमा रहेको दिल्लीले यस सिजनको आफ्नो आठौं खेल राजस्थान रोयल्स विरुद्ध यहि बुधवार खेल्ने छ ।

Click to comment

Trending