IPL

कोलकाता विरुद्ध पहिले ब्याटिङ गर्दै बेंगलोर 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २८औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राईडर्स विरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट रंगशालामा बेंगलोरका कप्तान बिराट कोहलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा बेंगलोरले र कोलकाता दुबैले १-१ परिवर्तन गरेका छन् । कोलकाताका टम बान्टनले आईपीएलमा आज डेब्यु गर्दै छन् । उनलाई सुनिल नारायणको स्थानमा टोलीमा समावेस गरिएको हो । त्यस्तै बेंगलोरले गुरकिरत मनको स्थानमा मोहम्मद सिराजलाई सुरुवाती ११ मा स्थान दिएको छ ।

समान ६-६ खेल खेलेका बेंगलोर र कोलकाता दुबैले चार खेलमा जित हात पार्दा दुई खेलमा पराजित भएका छन् । समान ८-८ अंक रहे पनि नेट रन रेटका आधारमा अंक तालिकामा कोलकाता तेश्रो तथा बेंगलोर चौथों स्थानमा रहेका छन् ।

दुई टोली बीचको हेड टु हेड हेर्ने हो भने बेंगलोर भन्दा कोलकाता नै हाबी रहेकको छ । २४ खेलमा एक आपसमा भिड्दा कोलकाताले १४ तथा बेंगलोरले १० खेलमा जित हात पारेका छन् ।

पछिल्लो पाँच खेलको नतिजालाई नै आधार मान्ने हो भने चेन्नाईको अगाडी बेंगलोर निरिह देखिन्छ । पछिल्लो पाँच खेल मध्य चार खेलमा कोलकाताले जित दर्ता गराउँदा बेंगलोरले एक खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको थियो ।

Click to comment

Trending