IPL

आईपीएलमा आज कोलकाता र बेंगलोर भिड्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले दिनेश कार्तिकको नेतृत्वमा रहेको कोलकाता नाइट राईडर्सको सामना गर्दैछ ।

समान ६-६ खेल खेलेका बेंगलोर र कोलकाता दुबैले चार खेलमा जित हात पार्दा दुई खेलमा पराजित भएका छन् । समान ८-८ अंक रहे पनि नेट रन रेटका आधारमा अंक तालिकामा कोलकाता तेश्रो तथा बेंगलोर चौथों स्थानमा रहेका छन् ।

दुई टोली बीचको हेड टु हेड हेर्ने हो भने बेंगलोर भन्दा कोलकाता नै हाबी रहेकको छ । २४ खेलमा एक आपसमा भिड्दा कोलकाताले १४ तथा बेंगलोरले १० खेलमा जित हात पारेका छन् ।

पछिल्लो पाँच खेलको नतिजालाई नै आधार मान्ने हो भने चेन्नाईको अगाडी बेंगलोर निरिह देखिन्छ । पछिल्लो पाँच खेल मध्य चार खेलमा कोलकाताले जित दर्ता गराउँदा बेंगलोरले एक खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको थियो ।

Click to comment

Trending