Headline

’२०२२ को विश्वकप मेरो अन्तिम हुने छ’

Published

on

विश्व फुटबलका सुपरस्टार क्रिष्चियानो रोनाल्डोले २०२२ को कतार बिश्वकप उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका छन् ।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले एक कार्यक्रममा बोल्दै आफुले सोचे अनुरुप सबै भए २०२२ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने पनि बताएका थिए । “मेरो लागि सोचेको जस्तो हुने हो भने कतार विश्वकप अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्छ । २०२२ विश्वकप मेरो अन्तिम प्रतियोगिता हो भन्नेमा म निश्चित पनि छु,” रोनाल्डोले भने ।

कतार विश्वकपलाई निकै विवादित प्रतियोगिता मनिएको छ । मानव अधिकार देखी मौसम विदहरुले कतारमा विश्वकप नगराउन आग्रह गर्दै आएका छन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय खेलकुदको मितिहरु धकेलिदै गर्दा कतार बिश्वकप पनि समयमै हुने नहुनेमा शंका रहेको छ ।

खेलाडीहरूले त्यस्ता विषयहरूमा टिप्पणी गर्न धेरै हदसम्म हिचकिचाएका छन् भने धेरै विश्वस्तरिय खेलाडीहरुको यो अन्तिम विश्वकप हुने भएकाले केही बोलेका छैनन् । रोनाल्डोसँगै अर्जेन्टाइन सुपरस्टार लियोनेल मेस्सीको पनि अन्तिम प्रतियोगिता बन्न सक्छ ।

हाल ३५ वर्ष रहेका रोनाल्डो २०२२ मा ३७ वर्ष हुनेछन् । रोनाल्डोले गत महिना भएको नेसन्स लिग अन्तर्गतको खेलमा स्वीडेनसँग दुई गोल गर्दै १ सय ६६ खेलमा १ सय १ गोल गरिसकेका छन् । उनी पोर्चुगलका किर्तिमानी खेल खेल्नुका साथै एक सय गोल गर्ने प्रमुख खेलाडी हुन् ।

Click to comment

Trending