Headline

क्ले कोर्ट किँग नाडालले जिते १३ औं पटक फ्रेञ्च ओपन

Published

on

क्ले कोर्ट किँग राफेल नाडालले करिअरको सबैभन्दा सशक्त प्रदर्शन गर्दै १३ औं पटक फ्रेञ्च ओपनको उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा नाडालले बिश्व नम्बर एक नोभाक जोकोभिचलाई निरिह साबित गरे । पहिलो सेटको एक पोइन्ट पनि नगुमाउदै नाडालले ६–० ले आफ्नो पक्षमा पारे । दोश्रो सेट पनि जोकोभिचले ६–२ ले गुमाए भने तेश्रोमा केही चुनौति प्रस्तुत गरेपनि नाडालले ७–५ ले जित्दै करिअरको २० औं ग्राण्ड स्ल्याम उपाधि हात पारे ।

३४ बर्षिय नाडालको स्तरमाथि प्रश्न चिन्ह उठ्दै गर्दा उनले निकै त्रुटिबिहिन प्रदर्शन गरेका थिए । टप सिड जोकोभिचले पहिलो पटक पुरा भएको खेलमा पराजय बेहोरेका हुन् । उनी युएस ओपनको दोश्रो चरणमा लाइन जजलाई बलले प्रहार गरेको आरोपमा अयोग्य ठहरिएका थिए ।

स्विस लेजेण्ड रोजर फेडेरर र नाडालसँग सर्वाधिक ग्राण्ड स्ल्याम जित्ने दौडमा एक पटक फेरि पछि परेका छन् । फेडेरर र नाडालले समान २० ग्राण्ड स्लयाम जितेका छन् भने जोकोभिचको १७ प्रमुख उपाधि रहेको छ ।

Click to comment

Trending