Headline

नेसन्स लिग: इङल्याण्डको जित, फ्रान्स र पोर्चुगल बराबरीमा

Published

on

नेसन्स लिग अन्तर्गत हिजो भएको खेलमा इङल्याण्डले विश्व बरियतामा शिर्ष स्थानमा रहेको बेल्जियम माथि २-१ को जित निकालेको छ ।

एक गोलले पछि परेको स्थितीलाई उल्टाउदै खेल जित्ने क्रममा इङल्याण्डका लागि मार्कस रासफर्ड र मेसन माउन्टले गोल गरेका थिए । बेल्जियमका लागि भने रोमेलु लुकाकुले पहिलो गोल गरेका थिए ।

खेलको १६ औँ मिनेटमा एरिक डाएरले रोमेलु लुकाकुलाई डि बक्समा लडाए पछि बेल्जियमले खेलमा पहिलो अग्रता लिएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै रोमेलु लुकाकुले बेल्जियमका लागि पहिलो गोल गरेका थिए ।

तर ३९ औँ मिनेटमा बेल्जियमले अग्रता जोगाउन सकेन् । थोमस मुनिएरले इङल्याण्डका कप्तान जोर्डन हेन्डरसनलाई डिबक्समा लडाए पछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रासफर्डले बराबरी गोल गरेका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने बेल्जियमले दोस्रो गोल खान पुगेको थियो । इङल्याण्डका लागि ६४ औँ मिनेटमा मेसन माउन्टले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए ।

माउन्टको गोल निर्णयक बन्न पुग्दा बेल्जियम २०२० मा पहिलो पटक पराजित भएको छ ।

यस्तै अर्को ठुलो खेलमा भने फ्रान्सले पोर्चुगलसँग गोल रहित बाराबरी खेलेको छ ।

पाएको मौकाहरुलाई सदुपयोग गर्न नसक्दा दुई टोली अंक बाड्न वाध्य भएका हुन् ।

Click to comment

Trending