IPL

टस जितेर दिल्लीले पहिले ब्याटिङ गर्ने, आज पनि सन्दिपको खेल्ने आशा निराशामा नै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) आजको दोश्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्दियन्स विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद रंगशाला, अबुधबीमा दिल्लीका कप्तान श्रेयस एयेरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

दिल्लीले आज दुई परिवर्तन गरेको छ भने मुम्बईले कुनै पनि परिवर्तन गरेको छैन । दिल्लीले रिशब पन्तको स्थानमा एलेक्स करी र शिम्रोन हेटमायरको स्थानमा अजिंक्य रहानेलाई सुरुवाती ११ मा खेलाउने भएको छ । यस अघिका खेलहरुमा दुबै खेलाडी बेञ्चमा नै रहेका थिए ।

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आजको खेलमा पनि बेञ्चमा नै बस्न बाध्य भएका छन् ।

समान ६-६ खेल खेलका दिल्ली र मुम्बई क्रमश अंक तालिकाको पहिलो र दोश्रो स्थानमा रहेका छन् । पाँच खेलमा जित दर्ता गरेको दिल्लीको १० अंक छ भने चार खेलमा बिपक्षीलाई पराजित गरेको मुम्बईको आठ अंक रहेको छ । आजको खेलमा दिल्लीले मुम्बईलाई पराजित गरेको खण्डमा अंक तालिकामा स्पस्ट चार अंकको अग्रता कायम गर्ने छ । मुम्बईले भने जित हात पारेमा दिल्लीसँग अंक बराबर गर्नेछ ।

आफ्नो पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोश्रो खेलमा चेन्नाई सुपर किंग्स माथि ४४ रनको फराकिलो जित दर्ता गर्न सफल भयो । तेश्रो खेलमा भने दिल्ली सनराईजर्स हैदराबादसँग १५ रनले पराजित गर्न सफल भयो ।

त्यस पछिका लगातार तीन खेलमा दिल्लीले कोलकाता नाइट राईडर्सलाई १८ रनले, रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले तथा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै अंक तालिकामा दुई अंकको स्पस्ट अग्रता लिएको हो ।

साबिक विजेता मुम्बईले भने प्रतियोगितामा हारबाट सुरुवात गर्यो । गत बर्षको उपविजेता मुम्बई चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित हुन पुग्यो । दोश्रो खेलमा कोलकाता नाइट राईडर्स माथि ४९ रनको फराकिलो अन्तरको जित आत्मसाथ गरेको मुम्बई तेश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुग्यो ।

त्यस पछिका तिनवटै खेलमा फराकिलो जित दर्ता गराएको मुम्बईले किंग्स ११ पन्जाबलाई ४८ रनले, सनराईजर्स हैदराबादलाई ३४ रनले र राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्यो ।

आईपीएलमा २४ खेलमा भिड्दा मुम्बई र दिल्ली दुबै टोलीले समान १२-१२ खेलमा जित हात पारेका छन् । पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने दिल्ली मुम्बई माथि हाबी देखिन्छ । पाँच खेलमा दिल्लीले तीन खेल जित्दा मुम्बईले दुई खेल आफ्नो पक्ष्यमा पार्न सफल भएको छ ।

Click to comment

Trending