Headline

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Published

on

ब्राजिलका पुर्व स्टार स्ट्राइकर रोबिन्होले आफ्नो बाल्यकालको क्लब सान्तोससँग पुन आबद्ध भएका छन् । रोबिन्हो डेढ दशकअघि २१ बर्षिय युवा खेलाडीको रुपमा सान्तोस छोड्दै रियल म्याड्रिड गएका थिए ।

त्यसपछि उनले म्यानचेस्टर सिटी र एसि मिलानका लागि पनि खेलेका थिए । उनले शनिबार आफ्नो पुरानो क्लबका लागि प्रति महिना २ सय ५० डलर तलब लिने सम्झौतामा हस्ताक्षर गरेका हुन् । सबै सोचे अनुरुप नै भएको अवस्थामा ३६ बर्षिय रोबिन्होले बोनसका साथै नयाँ सम्झौता पनि पाउनेछन् ।

“मलाई आफ्नो करिअरको शुरुवात गरेको क्लबमै फर्किदा निकै राम्रो लागि रहेको छ । सान्तोस मेरो घर हो,” रोबिन्होले भने । रोबिन्होलाई इटालियन न्यायालयले २०१७ मा भएको एक बलात्कार काण्डमा दोषी ठहर्याउदै जेल सजाय सुनाएपछि अहिले भगौडा घोषित गरेको छ ।

बर्तमान ब्राजिलियन सुपरस्टार नेमार र पेले जस्ता महान खेलाडीको उत्पादन गरेको सान्तोसमा गोलको चाँग लगाएपछि रियलले उनलाई २००६ मा समर्थकहरुको अगाडी झकी झकाउका साथ स्वागत गरेको थियो ।

रियल र मिलानका लागि घरेलु लिग उपाधिहरु जितेका रोबिन्होले ब्राजिलका लागि एक सय अन्तर्राष्ट्रिय खेल खेल्दै कोपा अमेरिका र कन्फेडेरेसन्स कप समेत जितेका थिए ।

Click to comment

Trending