IPL

हैदराबाद पहिले ब्याटिङमा, बेन स्टोक्स राजस्थान टोलीमा   

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको पहिलो खेलमा सनराईजर्स हैदराबादले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर राजस्थान रोयल्स विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

हैदराबादले आजको खेलमा अब्दुल सम्सादको स्थानमा विजय शंकरलाई खेलाउने भएको छ । त्यस्तै राजस्थानले इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सलाई आफ्नो टोलीमा समावेस गरेको छ । बिमारी भएका आफ्ना बाबुलाई भेट्न न्युजिल्याण्ड गएका स्टोक्स छ दिन क्वारेन्टिनमा बिताएर राजस्थानको टोलीमा समावेस भएका हुन् ।

यस अघि छ खेल खेल्दै समान ३-३ जित र हार दर्ता गरेको हैदराबाद छ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ भने छ खेल नै खेल्दै दुईमा जित र चारमा हार व्यहोरेको राजस्थान अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

यस सिजनको पहिलो दुई खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले र किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गर्दै राम्रो सुरुवात गरेको राजस्थान त्यस पछिका लगातार चार खेलमा भने पराजित हुन पुग्यो । राजस्थान कोलकाता नाइट राईडर्ससँग ३७ रनले, रोयल च्यालेन्जर्स बेंगलोरसँग आठ विकेटले, मुम्बई इन्डियन्ससँग ५७ रनले तथा दिल्ली क्यापिटल्ससँग ४६ रनले पराजित भएको थियो ।

हैदराबाद सुरुका दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले र कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित हुँदै प्रतियोगितामा खराब सुरुवात गर्यो । त्यस पछिका खेलमा उसले दिल्ली क्यापिटल्सलाई १५ रनले र चेन्नाई सुपर किंग्सलाई सात रनले पराजित गर्यो । आफ्नो पाँचौं खेलमा मुम्बईसँग ३४ रनले पराजित भएको हैदराबादले छैठौं खेलमा किंग्स ११ पन्जाबलाई ६९ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

आईपीएलमा ११ पटक एक आपसमा भिभिड्दा हैदराबादले छ खेलमा र राजस्थानले एक खेलमा जित हात पारेका छन् । पछिल्लो पाँच खेलमा भने हैदराबादले राजस्थानलाई चार खेलमा पराजित गर्दा राजस्थानले एक खेलमा मात्र हैदराबादलाई हराउन सकेको छ ।

Click to comment

Trending