Headline

नेसन्स लिगः दुई ठूला खेलमा इङ्गल्याण्ड–बेल्जियम, पोर्चुगल–फ्रान्स भिड्दै

Published

on

नेसन्स लिग अन्तर्गत आइतबार हुने खेलमा इङ्गल्याण्डले बेल्जियमको समाना गर्दै छ । लिग ए अन्तर्गत समुह दुईमा रहेका यि दुई टोलीको खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ ।

फिफा बरियतामा शिर्ष स्थानमा रहेको बेल्जियमले पछिल्लो दुई खेलमा दुवैमा जित हात पारेको छ भने इङ्गल्याण्डले भने एकमा बराबर र एकमा जित निकालेको छ । इङ्गल्याण्डका लागि मुख्य समस्या नै अहिलेका लागि खेलाडी छनोट रहेको छ ।

क्लबमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा आएका खेलाडीले सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक ग्यारेथ साउथगेट दवावमा आएका थिए । नेसन्स लिगको तयारी स्वरुप भएको मैत्रीपूर्ण खेलमा वेल्सलाई ३–० ले पराजित गर्दाको टोलीलाई खेलाउन साउथगेटलाई निकै सम्स्या आउने देखिएको छ ।

अघिल्लो संस्करणमा तेस्रो भएको इङ्ल्याण्डका लागि यो पटकको नेसन्स लिग जित्नका लागि ठुलो चुनैती रहेको छ । बेल्जियम भने आफ्नो जितको लयलाई कायम राख्न चाहन्छ । पहिलो दुई खेलमा ६ अंक बटुलिसकेको बेल्जियमका लागि इङ्गल्याण्ड ठूलो समस्या भने हुने छैन । बेल्जियमका लागि कप्तान एडेन हाजार्डले चोटका कारण खेल गुमाउने छन् ।

खेल नेपाली समय अनुसार ९ः४५ मा सुरु हुने छ ।

अर्को खेलमा भने साविक विश्वकप बिजेता फ्रान्सले पोर्चुगलको समाना गर्ने छ । लिग ए अन्तर्गत समुह तीनमा रहेका यि दुई टोलीले आफ्नो पछिल्लो दुई खेलमा दुवैमा जित हात परेका छन् । फ्रान्सले अघिल्लो खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ भने पोर्चुगलले भने २०२० मा एक खेल पनि हारेको छैन । स्टार खेलाडीले भरिएको फ्रान्स, पोर्चुगलका लागि टाउको दुखाइ बन्न सक्ने छ ।

आफ्नो देशका लागि खेल्दै एक सय तीन गोल गरिसकेका क्रिष्चियानो रोनाल्डोले यो खेलमा पोर्चुगलका लागि कप्तानी गर्ने छन् । खेल नेपाली समय अनुसार १२ः३० मा सुरु हुने छ ।

Click to comment

Trending