Headline

हिग्वेन दाजु-भाई अब एउटै क्लबमा

Published

on

अमेरिकन मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायामीले डिसी युनाइटेडबाट फेड्रिको हिग्वेनलाई भित्र्याए पछि गोन्जालो हिग्वेनले उनको दाईसँग फेरी खेल्ने मौका पाएका छन् ।

फेड्रिको हिग्वेन गोन्जालो हिग्वेनका काकाका छोरा हुन् ।

पुर्व इङ्लिस फुटबलर डेभिड बेकह्यामको स्वमित्वमा रहेको इन्टर मायामीले फेड्रिकोलाई ५० हजर डलरमा क्लबमा अनुबन्धन गरेको छ ।

खेलाडी र प्रशिक्षक दुवै भूमिकामा खेल्न सक्ने फेड्रिकोलाई इन्टर मायामीले दुई वर्षको सम्झौता दिएको छ । उनका भाई गोन्जालो हिग्वेन भने केही महिना अघी मात्रै युभेन्टसबाट मायामी पुगेका थिए ।

३५ वर्षिय फेड्रिको एमएलएसमा नयाँ नाम हैनन् । गत मार्चमा मात्रै डिसी युनाइटेडमा अनुबन्धित भएका उनले आठ वर्ष कोलम्बस क्रुमा बिताएका थिए ।

फेड्रिकोले एमएलएसमा कुल २१७ खेल खेल्दै ६८ असिस्ट र ६१ गोल गरिसकेका छन् ।

Click to comment

Trending