Headline

सिटीसँग सम्झौता लम्ब्याउन डि ब्रुन इच्छुक

Published

on

बेल्जियन मिडफिल्डर केविन डि ब्रुन म्यानचेस्टर सिटीसँग आउने बर्षमा सम्झौता लम्ब्याउन इच्छुक रहेका छन् ।

डि ब्रुनको सिटीसँगको पुरानो सम्झौतामा अझै दुई बर्ष छ महिना बाँकी रहेको छ भने नयाँ सम्झौतामा थप दुई बर्ष र सातामा ३० हजर पाउन्ड तलब दिने संचार माध्यमहरुले जनाएका छन् ।

बेल्जियमका उपकप्तान समेत रहेका डि ब्रुन म्यानचेस्टर सिटीले २०१८-२०१९ मा प्रिमियर लिग जित्दाका मुख्य खेलाडी रहेका थिए ।

सिटीलाई अघिल्लो सिजन युइएफएले युरोपियन प्रतियोगिताहरुबाट प्रतिबन्ध लगाए पछि उनको भविष्य अनिश्चित रहेको थियो तर केही महिनामै उक्त प्रतिबन्ध हटेपछि भने उनी नयाँ सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका हुन् ।

“म सिटीमा निकै खुशी छु भन्ने कुरा समर्थकहरुलाई पनि बिदितै छ,” डि ब्रुनले भने । “अहिलेको अवस्थामा मलाई क्लबसँग कुनै आपत्ति छैन । म नयाँ सम्झौताको लागि पनि सोचिरहेको छु ।”

अर्जेन्टाइन स्टार लियोनल मेस्सी बार्सिलोनासँग असन्तुष्ट भए पछि सिटी आउने हल्ला पनि चलेको थियो तर डि ब्रुनले भने यस बिषयमा आफूलाई कुनै चासो नभएको बताए ।

” म यो बिषयमा सच्चिकै कुनै चासो छैन । मेस्सी आउछन् भने त राम्रो हो तर उनी नआए पनि मलाई कुनै फरक पर्दैन।” उनले भने ।

 

Click to comment

Trending