IPL

चेन्नाई विरुद्ध पहिले ब्याटिङमा बेंगलोर, मोरिस आज सुरुवाती ११ मा 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नाई सुपर किंग्स विरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा बेंगलोरका कप्तान बिराट कोहलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलमा बेंगलोरले एक परिवर्तन गरेको छ । यस अघि चोटका कारण टोलीमा नपरेका क्रिस मोरिस आज मोइन अलीको स्थानमा सुरुवाती ११ मा पर्न सफल भएका छन् । चेन्नाईले पनि आजको खेलमा एक परिवर्तन गरेको छ । उसले केदार जाधवको स्थानमा एन जगदिसानलाई खेलाउने भएको छ ।

छ खेल खेलेको चेन्नाई दुई जित र चार हारका साथ अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने एक खेल कम खेलेको बेंगलोर पाँचौं स्थानमा रहेको छ । बेंगलोरले तीन जित दर्ता दुई खेलमा हारको सामना गरेको छ ।

दुई टोली बीचको आईपीएलको खेल हेर्ने हो भने चेन्नाई बेंगलोर माथि हाबी रहेको छ ।२४ पटक एक आपसमा भिड्दा १५ खेलमा चेन्नाईले र आठ खेलमा बेंगलोरले जित हात पारेका छन् । एक खेल भने वर्षाका कारण रद्द हुन पुगेको थियो । पछिल्लो पाँच खेल मध्य चेन्नाईले चार खेलमा जित दर्ता गराउँदा बेंगलोरले एक खेलमा मात्र जित आत्मसाथ गर्न सकेको थियो ।

Click to comment

Trending