IPL

ओपनर गिल र कप्तान कार्तिकको अर्धशतकमा कोलकाताको मध्यम योगफल

Published

on

ओपनर शुबमन गिल र कप्तान दिनेश कार्तिकको अर्धशतकको मद्धतमा खराब सुरुवातका बाबजुद इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो छैठौं खेलमा कोलकाता नाइट राईडर्सले किंग्स ११ पन्जाबलाई १६५ रनको लक्ष्य दिएको छ ।

शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोलकाताकाले पुरै २० ओभर खेल्दै छ नोक्सानीमा १६४ रन बनायो ।

कोलकाताको तर्फबाट पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान दिनेश कार्तिक र ओपनर शुबमन गिलले क्रमश ५८ तथा ५७ रन बनाए । १० दशमलब चार ओभरमा ६३ रनको अवस्थामा तीन विकेट गुमाएको कोलकाताको पारी सम्हाल्ने क्रममामा सम्हालिएर ब्याटिङ गरेका गिलले ४७ बल खेल्दै पाँच चौका र तुफानी पारी खेलेका कार्तिकले २९ बल खेल्दै आठ चौका र दुई छक्का प्रहार गरेका कार्तिकले चौथों विकेटका लागि ८२ रन जोडे ।

खेलमा खराब सुरुवात गरेको कोलकाताले चौथों ओभर भित्रमा कुल स्कोर १४ रन हुँदा चार रन बनाएका अर्का ओपनर राहुल त्रिपाठी र दुई रन बनाएका नितिश रानालाई गुमायो ।

त्यस पछि ब्याटिङ गर्न आएका ओईन मोर्गनसँग मिलेर गिलले तेश्रो विकेटका लागि ४९ रनको साझेदारी गर्दै कोलकाताको पारी सम्हाले । तर २३ बलमा २४ रन बनाएका मोर्गन १० दशमलब चार ओभरमा रवि बिश्नोईको शिकार भए ।

पन्जाबका रवि बिश्नोई र अर्शदिप सिंहले चार ओभर बलिङ गर्दै समान २५-२५ रन खर्चिएर १-१ विकेट तथा मोहम्मद शामीले पनि चार ओभर नै बलिङ गर्दै ३० रन खर्चिएर एक विकेट हात पारे ।

कोलकाता र पन्जाब दुबैले आजको खेलमा १-१ परिवर्तन गरेका छन् । कोलकाताले सिबम मावीको स्थानमा प्रसिध कृष्णालाई सुरुवाती ११ मा स्थान दिएको छ भने पन्जाबले घाइते भएका शेल्डन कोट्रेलको स्थानमा क्रिस जोर्डनलाई टोलीमा समावेस गरेको छ ।

यस अघिका खेलमा आक्रमक ब्याट्सम्यान क्रिस गेललाई सुरुवाती ११ मा स्थान दिएको थिएन भने आजको खेलमा पनि उनलाई बेञ्चमा नै राख्ने भएको छ ।

पन्जाब तालिकाको पुछारमा तथा कोलकाता चौथों स्थानमा रहेको छ । छ खेल खेलेको पन्जाबले पाँच खेलमा पराजय भोगेको छ भने एक खेलमा मात्र जित हात पार्न सफल भएको छ । कोलकाताले भने यस अघि आफुले खेलेका तीन खेलमा जित दर्ता गराउंदा दुई खेलमा हारको सामना गरेको छ ।

आईपीएलमा कोलकाता र पन्जाब २५ पटक एक आपसमा भिड्दा छन् जसमा कोलकाता १७-८ ले अघि रहेको छ । पछिल्लो पाँच खेलमा कोलकाताले तीन तथा पन्जाबले दुई खेलमा जित हात परेका थिए । अघिल्लो सिजन एक आपसमा दुई पटक भिड्दा दुबै खेल कोलकाताले जितेको थियो ।

Click to comment

Trending