IPL

आईपीएलमा आज दुई खेल, पन्जाब र कोलकाता तथा चेन्नाई र बेंगलोर भिड्ने 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । शेख जायद रंगशालामा हुने पहिलो खेलमा किंग्स ११ पन्जाब र कोलकाता नाइट राईडर्स तथा दोश्रो खेलमा चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर भिड्दै छन् ।
अंक तालिकाको पुछारमा रहेको पन्जाब र चौथों स्थानमा रहेको कोलकाताको खेल नेपाली समय अनुसार दिउँस ३:४५ बजे सुरु हुनेछ ।
छ खेल खेलेको पन्जाबले पाँच खेलमा पराजय भोगेको छ भने एक खेलमा मात्र जित हात पार्न सफल भएको छ । कोलकाताले भने यस अघि आफुले खेलेका तीन खेलमा जित दर्ता गराउंदा दुई खेलमा हारको सामना गरेको छ ।
आईपीएलमा कोलकाता र पन्जाब २५ पटक एक आपसमा भिड्दा छन् जसमा कोलकाता १७-८ ले अघि रहेको छ । पछिल्लो पाँच खेलमा कोलकाताले तीन तथा पन्जाबले दुई खेलमा जित हात परेका थिए । अघिल्लो सिजन एक आपसमा दुई पटक भिड्दा दुबै खेल कोलकाताले जितेको थियो ।
आज नै हुने बेंगलोर र चेन्नाई बीचको दोश्रो खेल दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा ७:४५ बजे सुरु हुनेछ ।
छ खेल खेलेको चेन्नाई दुई जित र चार हारका साथ अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने एक खेल कम खेलेको बेंगलोर पाँचौं स्थानमा रहेको छ । बेंगलोरले तीन जित दर्ता दुई खेलमा हारको सामना गरेको छ ।
दुई टोली बीचको आईपीएलको खेल हेर्ने हो भने चेन्नाई बेंगलोर माथि हाबी रहेको छ ।२४ पटक एक आपसमा भिड्दा १५ खेलमा चेन्नाईले र आठ खेलमा बेंगलोरले जित हात पारेका छन् । एक खेल भने वर्षाका कारण रद्द हुन पुगेको थियो । पछिल्लो पाँच खेल मध्य चेन्नाईले चार खेलमा जित दर्ता गराउँदा बेंगलोरले एक खेलमा मात्र जित आत्मसाथ गर्न सकेको थियो ।

Click to comment

Trending