Headline

कोरोना मुक्त भए ज्लाटन, मिलान डर्बी खेल्ने

Published

on

केही हप्ता अघि कोरोना संक्रमण देखिएका स्विडिस फुटबलर ज्लाटन इम्ब्राहिमोभिक कोरोना मुक्त भएका छन् । संक्रमण मुक्त भएसँगै ज्लाटनले अर्को शनिबार हुने इन्टर मिलान विरुद्धको डर्बी खेल्ने आशा गरिएको छ ।

ज्लाटनले कोरोना भाईरसका कारण गएको दुई खेल खेलेका थिएनन् ।

३९ बर्षिय ज्लाटन यो सिजनको सुरुवातमा निकै आक्रमक रहेका थिए । संक्रमण पुष्टी हुनु अघि खेलिएका दुई खेलमा तीन गोल गरेका जल्टानले दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मिलानले यो सिजन राम्रो सुरुवात गरेको छ । तीन खेलमा ९ अंक हात पारेको मिलानले अरु टोलीको तुलनामा अझै एक खेल रोसेनोरीसँग  खेल्न बाँकी रहेको छ ।

कोरोना भाईरस मिलानका लागि टाउको दुखाइ बनेको छ ।  तीन खेलाडीमा फेरी संक्रमण देखिए पछि मिलानको अभ्यास मैदान र कार्यलय सबै बन्द गरिएको थियो ।

केही दिन अघी मात्र मिड्फिल्डर राड्ज नाइङगोलन, रोबर्टो गालीअर्डिनी र गोलरक्षक इनुट रडुलाई कोरोना संक्रमण देखिए पछि उनीहरुलाई आइसोलेसनमा राखिएको मिलानले जनाएको छ ।

Click to comment

Trending