Headline

बिश्वकप छनोटमा ब्राजिलले बोलिभियालाई ५ गोल हान्यो

Published

on

२०२२ को कतार बिश्वकपका लागि भएको दक्षिण अमेरिकी छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा ब्राजिलले बोलिभियालाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

ब्राजिलको फराकिलो जितमा रोबर्टो फर्मिनोले दुई गोल गरे भने चोटका कारण खेल्नेमा शंक रहेपनि मैदान उत्रिएका स्टार स्ट्राइकर नेमार गोलबिहिन रहेका थिए । ब्राजिलले १६ औं मिनेटमै मार्किन्होसको गोलमार्फत खेलमा अग्रता लिएका थिए ।

३० औं मिनेटमा फर्मिनोले पहिलो गोल गरेपछि ब्राजिलले पहिलो हाफमा २–० को अग्रता बनायो । दोश्रो हाफको चौथो मिनेटमा फर्मिनोले ब्राजिका लागि तेश्रो गोल गरे भने होजे कारास्कोले ६६ औं मिनेटमा आत्मघाती गोल गरेपछि बोलिभियाको लागि पुनरागमनको ढोका लगभग बन्द भएको थियो ।

फेलिपे काउटिन्होले नेमारको असिस्टमा गोल गर्दै फराकिलो जित सुनिश्चित गरेका थिए ।

अर्को खेलमा कोलम्बियाले भेनेजुएलालाई ३–० ले हरायो । कोलम्बियाका लागि लुई मुइरेलले दुई र डुभान जपाटाले एक गोल गरेका थिए ।

Click to comment

Trending