Headline

मार्कस रासफोर्डलाई ब्रिटेनको उच्च सम्मान

Published

on

म्यानचेस्टर युनाइटेडका फुटबलर मार्कस रासफोर्डलाई शुक्रबार महारानी एलिजाबेथ द्वितीयले कोरोनाभाइरस विरुद्ध लडाईमा सहयोग पुर्‍याउने सयौं प्रमुख कामदारहरूको साथसाथै कमजोर बच्चाहरूलाई खुवाउने अभियान चलाएका रासफोर्डलाई सम्मान गरिकी छिन् ।

इङ्ल्याण्डका अन्तरराष्ट्रिय फुटबलर रासफोर्ड सम्राटको जन्मदिनमा दिइने सम्मानको सुचीमा रहेका उच्च व्यक्तित्व हुन्। फ्रन्टलाइन स्वास्थ्यकर्मी र अन्यलाई समावेश गर्न जून देखि स्थगित गरिएको यो सम्मानमा कोविड-१९ विरुद्ध लड्न मद्धत गर्ने सबै व्यक्तित्वहरुलाई दिइएको थियो ।

२२ वर्षिय रासफोर्डले सरकारलाई दवाव दिदै बच्चाहरुलाई निशुल्क खाना खुवाउने व्यवस्था मिलाईदिएका थिए । जस्ले गर्दा खानाको खाँचो परेका बालबालिकाहरुलाई गर्मी महिना भरी निशुल्क खाना खान मिल्ने भौचर प्रधान गरेको थियो ।

रासफोर्डले भने यती ठुलो सम्मान पाउदा निकै खुशी लागेको बताएका छन् ।

“युकेमा केटाकेटीहरू भोकाएर सुत्न नपरोस् । त्यस्का लागि हामी एक हुनु आवश्यक छ,” उनले भने। “मैले पहिले पनि भनिसकें, तपाईको भावना वा धारणा फरक पर्दैन, खानामा पहुँच नहुनु बच्चाको गल्ती होईन।”

रासफोर्डले ब्रिटेन भरीका बच्चाहरुलाई निशुल्क खाना बितरण जारी रहने पनि बताएका छन् ।

 

Click to comment

Trending