IPL

दिल्ली पहिले ब्याटिङमा, सन्दिपले मौका पाएनन् 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो छैठौं खेलमा दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट रंगशालामा राजस्थान रोयल्सले टस जितेर दिल्लीलाई ब्याटिङ गर्न लगाएको हो ।

दिल्लीले आजको खेलमा पनि नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेलाई सुरुवाती ११ मा स्थान दिएको छैन । यस अघि सन्दिपलाई पाँच खेलमा पनि दिल्लीले सन्दिपलाई बेञ्चमा नै राखेको थियो ।

पाँच खेल खेल्दै चार जित र एक हारका साथ आठ अंक रहेको दिल्ली अंक तालिकाको दोश्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको मुम्बईको पनि आठ अंक नै रहे पनि नेट रन रेटका आधारमा पहिलो स्थानमा रहेको छ । राजस्थान भने पाँच खेलमा दुई जित मात्र निकाल्न सकेको छ भने अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

यस सिजनको पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोश्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गर्यो । हैदराबाद विरुद्ध तेश्रो खेलमा १५ रनले पराजित भएको दिल्लीले चौथों खेलमा कोलकाता नाइट राईडर्सलाई १८ रनले र रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

पहिलो दुई खेलमा लगातार जित दर्ता गराएको राजस्थान पछिल्ला तीन खेलमा भने हारको सामना गर्न बाध्य भएको छ । उसले चेन्नाई सुपर किंग्सलाई १६ रनले र किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गर्यो भने कोलकाता नाइट राईडर्ससँग ३७ रनले, रोयल च्यालेन्जर्स बेंगलोरसँग आठ विकेटले र मुम्बई इन्डियन्ससँग ५७ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

दिल्ली र राजस्थान हाल सम्म आईपीएलमा २० पटक भिड्दा राजस्थानले ११ र दिल्लीले नौं खेलमा जित दर्ता गराएका छन् । पछिल्लो पाँच खेलमा दिल्लीले दुई खेलमा जित हात पार्दा राजस्थानले दुई खेलमा जित हात परेको थियो । सन् २०१९ को सिजनमा दिल्लीले दुबै खेलमा राजस्थानलाई पराजित गरेको थियो ।

 

Click to comment

Trending