IPL

पाँचौं जितको लक्ष्य सहित दिल्ली राजस्थानको सामना गर्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो छैठौं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दैछ । शारजाह क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

पाँच खेल खेल्दै चार जित र एक हारका साथ आठ अंक रहेको दिल्ली अंक तालिकाको दोश्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको मुम्बईको पनि आठ अंक नै रहे पनि नेट रन रेटका आधारमा पहिलो स्थानमा रहेको छ । राजस्थान भने पाँच खेलमा दुई जित मात्र निकाल्न सकेको छ भने अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

यस सिजनको पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोश्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गर्यो । हैदराबाद विरुद्ध तेश्रो खेलमा १५ रनले पराजित भएको दिल्लीले चौथों खेलमा कोलकाता नाइट राईडर्सलाई १८ रनले र रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

पहिलो दुई खेलमा लगातार जित दर्ता गराएको राजस्थान पछिल्ला तीन खेलमा भने हारको सामना गर्न बाध्य भएको छ । उसले चेन्नाई सुपर किंग्सलाई १६ रनले र किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गर्यो भने कोलकाता नाइट राईडर्ससँग ३७ रनले, रोयल च्यालेन्जर्स बेंगलोरसँग आठ विकेटले र मुम्बई इन्डियन्ससँग ५७ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

दिल्ली र राजस्थान हाल सम्म आईपीएलमा २० पटक भिड्दा राजस्थानले ११ र दिल्लीले नौं खेलमा जित दर्ता गराएका छन् । पछिल्लो पाँच खेलमा दिल्लीले दुई खेलमा जित हात पार्दा राजस्थानले दुई खेलमा जित हात परेको थियो । सन् २०१९ को सिजनमा दिल्लीले दुबै खेलमा राजस्थानलाई पराजित गरेको थियो ।

सन्दिपको सम्भावना

नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्लीले पाँच खेल खेले पनि सन्दिपलाई पाँचै खेलमा बेञ्चमा नै राखेको थियो । त्यसैले गर्दा पनि सन्दिप आजको खेल खेल्ने सम्भावना कम नै रहेको छ ।

जुन टोली खेलाउँदै दिल्लीले यस सिजन राम्रो प्रदर्शन गर्दै आएको त्यो देख्दा उसले आफ्नो लय कायम राख्नका लागि पनि खेलाडी परिवर्तन गर्ने सम्भावना धेरै रहेको छ । यस कारणले पनि सन्दिपले आजको खेल पनि बेञ्चमा बस्न पर्ने देखिन्छ ।

Click to comment

Trending