Headline

पोग्बाको रियल म्याड्रिडमा खेल्ने सपना

Published

on

म्यानचेस्टर युनाइटेडका मिड्फिल्डर पाउल पोग्बाले एक दिन रियल म्याड्रिडका लागि खेल्ने सपना भएको स्विकार गरेका छन् ।

तर २७ वर्षिय पोग्बाले अहिलेको समयमा भने युनाइटेडलाई योग्य स्थानमा पुराउन आफ्नो उत्कृष्ट प्रदर्शन दिने पनि बताएका छन् । उनी २०१६ मा ८९ मिलियन पाउन्डमा युभेन्टसबाट फेरी युनाइटेड आए देखी सधैं टोलीमा पर्दै आएका छन् ।

विश्वकप बिजेता समेत रहेका पोग्बाको युनाइटेडमा २०२२ सम्मका लागि सम्झौता रहेको छ तर उनले अहिलेको अवस्थामा सम्झौता नविकरण गर्न क्लबसँग कुनै छलफल नभएको बताए ।

“कसैले मलाई भनेको छैन कि मैले नयाँ सम्झौता पाउदै छु, यो गलत हो । हामीले नयाँ सम्झौता बारे कार्यकरी निर्देशक एड वुड्वर्डसँग कुरा गरेको छैनौँ,” पोग्बाले फ्रेन्च फुटबलले गरेको पत्रकार सम्मेलनमा भने ।

“अहिले म म्यानचेस्टरमा छु र म मेरो राम्रो फर्ममा फर्कने प्रयास गर्दैछु । तर मलाई लाग्छ कि यो बिषय कुरा गर्नका लागि समय आउने छ,”

उनले म्याड्रिड जाने बिषयमा प्रश्न गर्दा भने सबै खेलाडीको रियल म्याड्रिडमा खेल्ने सपना भएको बताए ।

उनले भने,”सबै फुटबल खेलाडीहरू रियल म्याड्रिडका लागि खेल्ने सपना हुन्छ । यो मेरो पनि सपना हो, एक दिन कसो नाखेलुला र ?”

तर पोग्बाले अहिले भने आफु  युनाइटेडमै रहने र क्लबका लागि राम्रो प्रदर्शन गर्ने बताए ।

 

Click to comment

Trending