Headline

२०२२ विश्वकप छनोटको पहिलो खेल खेल्दै ब्राजिल

Published

on

दक्षिण अमेरिकाका मुलुकहरुले २०२२ विश्वकपका लागि हुने छनोट चरण अन्तर्गतका पहिलो खेलमा भोली (शनिबार) बिहान ब्राजिलले बोलेभियाको समाना गर्ने छ । बिना कुनै मैत्रीपूर्ण खेल सिधै छनोट चरण खेल्न लागेको ब्राजिलियन टोलीलाई केही गार्हो भने पर्ने देखिन्छ ।

दक्षिण अमेरिकी महादेशमा थोरै देश भएका कारण एक अर्कासँग खेल्दै राउन्ड रोविनको आधारमा शिर्ष चारमा रहेका टोलीले विश्वकप २०२२ को लागि छनोट हुने छन् ।

ब्राजिलका लागि नेमारले खेल गुमाउने लगभग पक्का भएको छ । ढाँडको चोटका कारण नेमारले बुधबारको अभ्यास सत्र छोडेका थिए भने बिहिबार पनि अभ्यास गरेका थिएनन् । ब्राजिलले यसअघि नै चोटका कारण गोलकिपर एलिसन र अर्का स्ट्राइकर ग्याब्रिएल जिजसलाई गुमाइसकेको छ ।

मुख्य खेलाडी घाइते भएका कारण ब्राजिल प्रशिक्षक टिटेले फ्लेमिङ्गोका फर्वार्ड एभर्टन रिबेरोलाई उनको स्थान दिने तयारी गरिरहेका छन् ।

एवर्टन ब्राजिलले २०१९ को कोपा अमेरिका जित्दाका मुख्य खेलाडी र उच्च गोलकर्ता समेत रहेका थिए । नेमार नभए पछि भोलिको खेलमा मिड्फिल्डर कासीमेरोले कप्तानी गर्ने छन् ।

नेपाली समय अनुसार यो खेल शनिबार बिहान ६:१५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा भने कोलम्बियाले भेनेजुएलाको समाना गर्ने छ ।

 

Click to comment

Trending