Headline

मेस्सीको गोलमा अर्जेन्टिना बिजयी

Published

on

दक्षिण अमेरिकाका मुलुकहरुले २०२२ विश्वकपका लागि हुने छनोट चरण अन्तर्गतका शुक्रबार बिहान भएको पहिलो खेलमा आर्जेन्टिनाले इक्वेडरलाई १-० ले हराएको छ ।

अर्जेन्टिनाका लागि स्टार खेलाडी लियोनल मेस्सीको गोल निर्णयक बन्न पुगेको थियो ।

पहिलो हाफको १३ औँ मिनेटमै पेनाल्टी पाएको अर्जेन्टिनाका लागि लियोनल मेस्सीले गोल गरेका थिए । इक्वेडरको आगाडी बलियो देखिएको अर्जेन्टिनाले थुप्रै मौकाहरु पाए पनि सदुपयोग गर्न सकेको थिएन ।

दोस्रो हाफमा पनि उतिकै मौका पाएका दुवै टोलीले गोल भने गर्न सकेनन् । दोस्रो हाफमा पनि अरु गोल हुन नसके पछि मेस्सीले पहिलो हाफमा गरेको गोल निर्णयक बन्न पुग्दा अर्जेन्टिनाले पहिलो खेल जितेको हो ।

अस्तै अन्य खेलमा युरुगुयेले चिलीलाई २-१ र पारगुयेले पेरुलाई २-२ को बराबरीमा रोकेको छ ।

 

Click to comment

Trending