Headline

ब्राजिल टोलीमा नेमारको स्थान रिबेरोले लिन सक्ने

Published

on

२०२२ को कतार बिश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोट प्रतियोगिताको बोलिभिया अन्तर्गतको खेल नजिकिदै गर्दा नेमार घाइते भएपछि ब्राजिल प्रशिक्षक टिटेले फ्लेमिङ्गोका फर्वार्ड एभर्टन रिबेरोलाई उनको स्थान दिने तयारी गरिरहेका छन् ।

ढाँडको चोटका कारण नेमारले बुधबारको अभ्यास सत्र छोडेका थिए भने बिहिबार पनि अभ्यास गरेका थिएनन् । ब्राजिलले यसअघि नै चोटका कारण गोलकिपर एलिसन र अर्का स्ट्राइकर ग्याब्रिएल जिजसलाई गुमाइसकेको छ ।

शुक्रबार हुने खेलका लागि टिटेले आफू अझै पनि नेमारकै पर्खाइमा रहेको बताएका थिए । हामी प्रतिक्ष गर्नेछौं । यदि उनी (नेमार) खेल्न सक्दैनन भने उनको स्थानमा एभर्टन रिबेरो खेल्नेछन् टिटेले भने ।

ब्राजिलका टिम डक्टर रोद्रिगो लस्मारले नेमारको अवस्थामा थोरै सुधार त आएको तर उनी प्रशिक्षणमा सामेल हुन भने नसक्ने बताएका थिए । ३१ बर्षिय रिबेरो फ्लेमिङ्गोका लागि महत्वपूर्ण खेलाडी रहदै आएका छन् । उनकै प्रदर्शनका कारण क्लबले ब्राजिलियन प्रथम श्रेणी लिग र दक्षिण अमेरिकी च्याम्पिन्स लिग जितेको थियो ।

उनी नेमार जस्तै विङ्गर भन्दा पनि प्लेमेकरको रुपमा खेल्ने गरेका छन् ।

Click to comment

Trending