IPL

पुरणले १७ बलमा अर्धशतक बनाए पनि पन्जाबको लज्जास्पद हार

Published

on

निकोलस पुरणले १७ बलमा अर्धशतक प्रहार गरे पनि १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो छैठौं खेलमा खेलमा किंग्स ११ पन्जाबले सनराईजर्स हैदराबादसँगको खेलमा ६९ रनको लज्जास्पद हारको सामना गरेको छ ।

छैठौं खेलमा हैदराबादको यो तेश्रो जित हो भने छ खेल नै खेलेको पन्जाबको यो पाचौं हार हो । आजको जितसँगै हैदराबाद छ अंकका साथ अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ भने पन्जाब दुई अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

पुरणले ३७ बल खेल्दै पाँच चौका र सात छक्काको मद्धतमा ७७ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन नसक्दा २०२ रनको लक्ष्य पक्ष्याएको पन्जाब १६ दशमलब पाँच ओभरमा मात्र १३२ रनमा आउट हुन पुग्यो ।

पन्जाबको तर्फबाट पुरण बाहेक कप्तान केएल राहुल र सिम्रन सिंहले समान ११-११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् भने तीन जनाले त रनको खाता पनि खोल्न सकेनन् ।पुरणको यो सिजनको सबैभन्दा तिब्र अर्ध शतक हो भने समग्रमा चौथों तिब्र अर्धशतक हो ।

पन्जाबको पारी ध्वस्त पार्ने क्रममा रशिद खानले किफायती बलिङ गर्दै चार ओभरमा एक मेडन ओभर सहित १२ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने खलिल अहमद टि नाटराजनले पनि समान २-२ विकेट हात पारे ।
यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा २०१ रन बनायो ।

हैदराबादका लागि ओपनरहरु बेरिस्टो र वार्नरले पहिलो विकेटका लागि १५ दशमलब एक ओभरमा १६० रन जोडे पनि त्यस पछिका ब्याट्सम्यानहरुले बाँकी २९ बलमा मात्र ४१ रन जोड्न सके।

पहिलो ओभरमा दुई छक्का र एक चौका सहित कुल १८ रन खर्चिएका रवि बिश्नोईले दोश्रो ओभरमा उत्कृस्ट बलिङ गर्दै मात्र एक रन खर्चिएर हैदराबादका ओपनरहरु बेरिस्टो र वार्नरको विकेट विकेट हात पारे । उनले आफ्नो दोश्रो ओभरको पहिलो बलमा नै ४० बलमा ५२ रन बनाएका वार्नरलाई ग्लेन म्याक्सवेलको हातबाट क्याच थमाउँदै र चौथों बलमा ५५ बलमा सात चौका र छ छक्काको मद्धतमा शतक बनाउनबाट चुकेका बेरिस्टोलाई ९७ रनमा एलबीडब्लुको धरापमा पार्दै एकै ओभरमा दुई विकेट लिएका हुन् । त्यस पछि भने हैदराबादको पारीमा पन्जाब नै हाबी हुन पुग्यो ।

हैदराबादका अन्यब्याट्सम्यानहरुमा अब्दुल सामद आठ रन, मनिष पाण्डे एक रन, प्रियम गर्ग शुन्य रन र अभिषेक शर्मा १२ रनमा पेभेलियन फर्किए भने केन विलियमसन १० बल खेल्दै २० रन बनाएर अविजित रहे ।

पन्जाबका बिश्नोईले तीन ओभर बलिङ गर्दै २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने चार ओभर बलिङ गरेका अर्शदिप सिंहले पनि चार ओभरमा ३३ रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

पाँच खेल खेलेको हैदराबाद दुई जित र तीन हारका साथ चार अंक सहित अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने पाँच खेल नै खेल्दै मात्र एक जित हात पारेको पन्जाब अंक तालिकाको पुछारमा रहेको छ ।

सुरुका दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले र कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको हैदराबादले त्यस पछिका दुई खेलमा दिल्ली क्यापीटल्सलाई १५ रनले र चेन्नाई सुपरकिंग्सलाई सात रनले पराजित गर्यो । यस अघिको खेलमा मुम्बईसँग २४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

यस सिजनको आफ्नो पहिलो खेलमा सुपर ओभरमा दिल्ली क्यापीटल्ससँग पराजित भएको पन्जाबले दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर माथि ९७ रनको फराकिलो जित हात पर्यो । त्यस पछिका खेलमा पन्जाब राजस्थान रोयल्ससँग चार विके

Click to comment

Trending