IPL

बेरिस्टो शतक बनाउनबाट चुके पनि हैदराबादको विशाल योगफल

Published

on

ओपनरद्वय डेभिड वार्नर र जोनी बेरिस्टोको उत्कृस्ट ब्याटिङको मद्धतमा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो छैठौं खेलमा खेलमा सनराईजर्स हैदराबादले किंग्स ११ पन्जाब लाई २०२ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा २०१ रन बनायो ।

हैदराबादका लागि ओपनरहरु बेरिस्टो र वार्नरले पहिलो विकेटका लागि १५ दशमलब एक ओभरमा १६० रन जोडे पनि त्यस पछिका ब्याट्सम्यानहरुले बाँकी २९ बलमा मात्र ४१ रन जोड्न सक्यो ।

पहिलो ओभरमा दुई छक्का र एक चौका सहित कुल १८ रन खर्चिएका रवि बिश्नोईले दोश्रो ओभरमा उत्कृस्ट बलिङ गर्दै मात्र एक रन खर्चिएर हैदराबादका ओपनरहरु बेरिस्टो र वार्नरको विकेट विकेट हात पारे । उनले आफ्नो दोश्रो ओभरको पहिलो बलमा नै ४० बलमा ५२ रन बनाएका वार्नरलाई ग्लेन म्याक्सवेलको हातबाट क्याच थमाउँदै र चौथों बलमा ५५ बलमा सात चौका र छ छक्काको मद्धतमा शतक बनाउनबाट चुकेका बेरिस्टोलाई ९७ रनमा एलबीडब्लुको धरापमा पार्दै एकै ओभरमा दुई विकेट लिएका हुन् । त्यस पछि भने हैदराबादको पारीमा पन्जाब नै हाबी हुन पुग्यो ।

हैदराबादका अन्यब्याट्सम्यानहरुमा अब्दुल सामद आठ रन, मनिष पाण्डे एक रन, प्रियम गर्ग शुन्य रन र अभिषेक शर्मा १२ रनमा पेभेलियन फर्किए भने केन विलियमसन १० बल खेल्दै २० रन बनाएर अविजित रहे ।

पन्जाबका बिश्नोईले तीन ओभर बलिङ गर्दै २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने चार ओभर बलिङ गरेका अर्शदिप सिंहले पनि चार ओभरमा ३३ रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

हैदराबादले आजको खेलमा एउटा परिवर्तन गरेको छ भने पन्जाबले तीन परिवर्तन गरेको छ । हैदराबादका सिड कौलको स्थानमा खलील अहमदलाई सुरुवात ११ मा स्थान दिएको छ । त्यस्तै यस अघिका खेलमा बेञ्चमा नै बसेका मुजिब उर रहमानलाई पन्जाबले सुरुवाती ११ मा स्थान दिएको छ ।

हैदराबाद र पन्जाब आईपीएलमा हाल सम्म १४ पटक एक आपसमा भिड्दा १० खेल हैदराबादले जितेको छ भने पन्जाबले चार खेलमा मात्र जित दर्ता गराएको छ । पछिल्लो पाँच खेलमा हैदराबादले तीन तथा पन्जाबले दुई खेल जितेका छन् ।

पाँच खेल खेलेको हैदराबाद दुई जित र तीन हारका साथ चार अंक सहित अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने पाँच खेल नै खेल्दै मात्र एक जित हात पारेको पन्जाब अंक तालिकाको पुछारमा रहेको छ ।

सुरुका दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले र कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको हैदराबादले त्यस पछिका दुई खेलमा दिल्ली क्यापीटल्सलाई १५ रनले र चेन्नाई सुपरकिंग्सलाई सात रनले पराजित गर्यो । यस अघिको खेलमा मुम्बईसँग २४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

यस सिजनको आफ्नो पहिलो खेलमा सुपर ओभरमा दिल्ली क्यापीटल्ससँग पराजित भएको पन्जाबले दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर माथि ९७ रनको फराकिलो जित हात पर्यो । त्यस पछिका खेलमा पन्जाब राजस्थान रोयल्ससँग चार विके

Click to comment

Trending