IPL

पन्जाब विरुद्ध हैदराबाद पहिले ब्याटिङमा, मुजिब पहिलो पटक सुरुवाती ११ मा

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को २२ औं खेलमा सनराईजर्स हैदराबादले किंग्स ११ पन्जाब विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

हैदराबादले आजको खेलमा एउटा परिवर्तन गरेको छ भने पन्जाबले तीन परिवर्तन गरेको छ । हैदराबादका सिड कौलको स्थानमा खलील अहमदलाई सुरुवात ११ मा स्थान दिएको छ । त्यस्तै यस अघिका खेलमा बेञ्चमा नै बसेका मुजिब उर रहमानलाई पन्जाबले सुरुवाती ११ मा स्थान दिएको छ ।

हैदराबाद र पन्जाब आईपीएलमा हाल सम्म १४ पटक एक आपसमा भिड्दा १० खेल हैदराबादले जितेको छ भने पन्जाबले चार खेलमा मात्र जित दर्ता गराएको छ । पछिल्लो पाँच खेलमा हैदराबादले तीन तथा पन्जाबले दुई खेल जितेका छन् ।

पाँच खेल खेलेको हैदराबाद दुई जित र तीन हारका साथ चार अंक सहित अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने पाँच खेल नै खेल्दै मात्र एक जित हात पारेको पन्जाब अंक तालिकाको पुछारमा रहेको छ ।

सुरुका दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले र कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको हैदराबादले त्यस पछिका दुई खेलमा दिल्ली क्यापीटल्सलाई १५ रनले र चेन्नाई सुपरकिंग्सलाई सात रनले पराजित गर्यो । यस अघिको खेलमा मुम्बईसँग २४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

यस सिजनको आफ्नो पहिलो खेलमा सुपर ओभरमा दिल्ली क्यापीटल्ससँग पराजित भएको पन्जाबले दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर माथि ९७ रनको फराकिलो जित हात पर्यो । त्यस पछिका खेलमा पन्जाब राजस्थान रोयल्ससँग चार विकेटले, मुम्बई इन्डियन्स सँग ४८ रनले र चेन्नाई सुपर किंग्ससँग १० विकेटले पराजित हुन पुग्यो ।

Click to comment

Trending