Headline

२०२२ विश्वकप छनोटमा अर्जेन्टिना इक्वेडरसँग भिड्दै

Published

on

दक्षिण अमेरिकाका मुलुकहरुले २०२२ विश्वकपका लागि हुने छनोट चरण अन्तर्गतका पहिलो खेलहरु नेपाली समय अनुसार भोली बिहान देखी खेल्दै छन् । दक्षिण अमेरिकी फुटबल संघहरुको बैठकको निर्णय अनुरुप हुन लागेको छनोट चरणमा नेपाली समय अनुसार शुक्रबार बिहान अर्जेन्टिनाले इक्वेडरको समाना गर्दै छ ।

दक्षिण अमेरिकी महादेशमा थोरै देश भएका कारण एक अर्कासँग खेल्दै राउन्ड रोविनको आधारमा शिर्ष चारमा रहेका टोलीले विश्वकप २०२२ को लागि छनोट हुने छन् ।

कोरोना भाईरसका कारण फुटबल ठप्प रहे पनि दक्षिण अमेरिकामा लिगहरु भने बिना दर्शक र सुरक्षाका साथ सुरु गरिएको थियो। राष्ट्रिय टोलीले भने २०१९ मा अन्तिम मैत्रिपूर्ण खेल खेले यता एक खेल पनि खेलेको छैन ।

सधैं जस्तो राष्ट्रका लागि भने आफ्नो उत्कृष्ट खेल नदेखाएको आरोप लाग्ने लियोनल मेस्सी माथि समर्थकहरुले ठुलो आशा राखेका छन् । २०१९ मा भएको कोप्पा अमेरिकामा ब्राजिललाई रेफ्रीले सधैं साथ दिने गर्छन् भन्दै अभिव्यक्ती दिए पछि मेस्सीलाई दक्षिण अमेरिकी फुटबलको उच्च निकाय कोन्मेबोलले २०१९ मा अर्जेन्टिनाले खेल्ने  सबै खेलमा प्रतिबन्ध लगाएको थियो ।

तर मेस्सीलाई लगाएको प्रतिबन्ध सकिएसँगै उनी टोलीमा फर्किएका छन् । अर्जेन्टिनाका लागि मुख्य खेलाडी मनिएका मेस्सीलाई खेलमा जितका लागि दवाव हुने छ । पाउलो डिबाला र लौराटो मर्टिनेज समेलित टोलीलाई इक्वेडरसँगको खेलको लागि उत्कृष्ट मनिएको छ ।

खेल नेपाली समय अनुसार शुक्रबार बिहान ६:३० मा सुरु हुने छ ।

Click to comment

Trending