Headline

आर्सनलले युरोपा लिगका लागि निकालेको खेलाडी सुचीमा समेत परेनन् ओजिल

Published

on

आर्सनलले मिड्फिल्डर मेसुट ओजिललाई २०१९-२०२० सिजनको युरोपा लिगका लागि निकालेको खेलाडी सुचीबाट पनि हटाएको छ ।

गएको मार्च देखी आर्सनलका लागि ३१ वर्षिय ओजिलले एक खेल पनि खेलेका छैनन् । आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाका अनुसार पनि ओजिलले टोलीमा अब स्थान बनाउन निकै गार्हो रहेको बताएका छन् ।

ओजिल आर्सनलको ईतिहासमै सबै भन्दा बढी तलब खाने खेलाडी हुन् । अघिल्लो सिजन अर्टेटाले आर्सनल सम्हाले पछि सबै खेल खेलेका ओजिल कोरोना भाईरस पछि सुरु भएका खेलहरुमा देखा समेत परेका छैनन् ।

विश्व बिजेता समेत रहेका ओजिललाई एक समयमा फुटबलको चम्किलो तारा मानिने गरिन्थियो तर समय बित्दै गएको छ, ओजिल अहिले सब्स्टिचुटको बेन्चमा समेत देखिदैनन् ।

आर्सनलका प्रशिक्षक आर्टेटाले भने टोलीमा बढ्दै गएको प्रतिस्पर्धाका कारण सबै खेलाडीलाई टोलीमा राख्न नमिल्ने बताएका थिए ।

आर्सनलले अघिल्लो सिजन एफए कप जित्दै युरोपा लिगमा स्थान बनाएको थियो । अक्टोबर २२ बाट सुरु हुने युरोपा लिगमा आर्सनलले आफ्नो पहिलो खेल अष्ट्रियन क्लब रपिड भिएनासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।

Click to comment

Trending