IPL

दोश्रो जितको खोजीमा पन्जाब हैदराबादसँग भिड्दै

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को २२ औं खेलमा सनराईजर्स हैदराबाद र किंग्स ११ पन्जाब भिड्दै छन् । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालमा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

हैदराबाद र पन्जाब आईपीएलमा हाल सम्म १४ पटक एक आपसमा भिड्दा १० खेल हैदराबादले जितेको छ भने पन्जाबले चार खेलमा मात्र जित दर्ता गराएको छ । पछिल्लो पाँच खेलमा हैदराबादले तीन तथा पन्जाबले दुई खेल जितेका छन् ।

पाँच खेल खेलेको हैदराबाद दुई जित र तीन हारका साथ चार अंक सहित अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने पाँच खेल नै खेल्दै मात्र एक जित हात पारेको पन्जाब अंक तालिकाको पुछारमा रहेको छ ।

सुरुका दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले र कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको हैदराबादले त्यस पछिका दुई खेलमा दिल्ली क्यापीटल्सलाई १५ रनले र चेन्नाई सुपरकिंग्सलाई सात रनले पराजित गर्यो । यस अघिको खेलमा मुम्बईसँग २४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

यस सिजनको आफ्नो पहिलो खेलमा सुपर ओभरमा दिल्ली क्यापीटल्ससँग पराजित भएको पन्जाबले दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर माथि ९७ रनको फराकिलो जित हात पर्यो । त्यस पछिका खेलमा पन्जाब राजस्थान रोयल्ससँग चार विकेटले, मुम्बई इन्डियन्स सँग ४८ रनले र चेन्नाई सुपर किंग्ससँग १० विकेटले पराजित हुन पुग्यो ।

Click to comment

Trending