Headline

कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि एन्फा कार्यालय ७२ घण्टाका लागि बन्द

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा)मा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भए पछि सातदोबाटो स्थिति एन्फा कार्यालय तिन दिनको लागि बन्द गरिने भएको छ ।

त्यी कर्मचारी हाल आइसोलेसनमा रहेको एन्फाले बताएको छ ।

यस अघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पनि कोरोनाबाट संक्रमित भएका थिए । उनि अहिले स्वास्थ्य भैसकेका छन् ।

एन्फाले आफ्नो कार्यालय ७२ घण्टाको लागि बन्द गर्दै कर्मचारीलाई सात दिनका लागि आइसोलेसनमा बस्न आग्रह गरेको आफ्नो वेबसाइटबाट बिज्ञप्ति जारि गर्दै लेखेको छ ।

 

 

 

Click to comment

Trending