Headline

बार्सिलोना जान नपाए पछि सिटीको एरिक गर्सिया निराश

Published

on

बार्सिलोनाले ट्रान्स्फरको अन्तिम दिन किन्न नमाने पछि स्पेनिस डेफेन्डर एरिक गार्सिया निराश भए पनि उनी आफ्नो फममा आउँदै नसुस्ताउने म्यानचेस्टर सिटीले विश्वाश गरेको छ ।

१९ बर्षिय गार्सिया क्यान्टोलोनिया छोड्दै म्यानचेस्टर आएको तीन बर्ष सम्म पनि बार्सिलोनाले उनलाई किन्न सकेको छैन । खेलमा समय नपाएका कारण गार्सिया बार्सिलोना जान चाहेका थिए ।

तर बार्सिलोनाले गर्सियाका लागि सिटीले लगाएको १८.५ मिलियन पाउन्डको मुल्याङ्कन पुरा गर्न असफल भए पछि उनी सिटीलाई रोकिएका हुन् । सिटीले उनलाई कुनै हालतमा पनि फ्री ट्रान्सफरमा जान नदिने बताएका छन् । जनवरी सम्मका लागि गर्सिया सिटीमै रहने छन् ।

गार्सिया सिटीमै रहने भए पछि पेप गोर्डीयोलाको टोलीमा अब पाँच नयाँ डिफेन्डर हुने भएका छन् । एय्मेरिक लापोर्ते, बेन्फिकाबाट ६५.२ मिलियन पाउन्डमा भित्र्याइएका रुबेन डायस,नाथन एके, जोन स्टोन्स र गर्सिया सहित सिटीको रक्षापङ्ती बलियो देखिएको छ ।

तर पनि गोर्डीयोलाले गार्सियालाई खेलाउने चाहना भएको देखाएका छैनन् । उनलाई गार्सियाको भविष्यलाई नहेरेको आरोप पनि लाग्दै आएको छ ।

बार्सिलोनाले अन्तिम दिन सम्म पनि गार्सियालाई फर्काउन पहल नगरे पछि उनी निराश भएका थिए ।

सिटीको स्रोतले भने बार्सिलोनाले स्वीकार्य प्रस्ताव नल्याए पछी उनलाई सिटीमै राख्नु परेको बताएको थियो ।

“बार्सिलोनाले उनका लागि कहिले राम्रो प्रस्ताव ल्याएन । गार्सिया निराश छन् यहि कारण उनी नसुस्ताउन यो हाम्रो विश्वास छ,” स्रोतले भन्यो ।

 

Click to comment

Trending