Headline

म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै जेडन सन्चोलाई क्लब भित्र्याउने दाउमा लिभरपुल

Published

on

बोरुसिया डर्ट्मन्डले यो ट्रान्सफर विन्डोमा चाहेको रकम तिर्न नसके पछि सम्झौता सुरक्षित गर्न असफल भएको ईंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि अर्को बर्षा जेडेन सान्चोलाई ल्याउन अझै कठिन हुने भएको छ ।

जर्मन क्लब बायर्न म्युनिख र अर्को ईंग्लिस क्लब लिभरपुलले फर्वार्ड जेडेन सान्चोलाई आफ्नो टोलीमा भित्र्याउन इछुक देखिए पछि युनाइटेडको एक बर्ष देखीको लक्ष्य रहेका सान्चोलाई गुमाउनु पर्ने देखिन्छ ।

२१ वर्षिय विङरलाई यही सिजन ओल्ड ट्राफोर्डमा भित्र्याउने तयारी गरिरहेको बेला युनाइटेडले बोरुसिया डर्ट्मन्डलाई चाहेको जती रकम तिर्न नसक्दा सान्चो जर्मनीमै बस्नु परेको थियो ।

सान्चोले पनि उनी डर्ट्मन्डमै खुशी भएको र यस्तो अवस्थामा क्लब छोड्दै, क्लबसँग नराम्रो सम्बन्ध बनाउन नचाहेको बताएका थिए ।

युनाइटेडले पाएको मौकालाई सदुपयोग गर्न नसके पछि अब भने लिभरपुलले जेडेन सान्चोको रेसमा युनाइटेडलाई पछि पार्ने देखिन्छ ।

लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले पनि सान्चो देखी निकै प्रभावित भएको बताएका थिए । क्लोपले लिभरपुलले यो विन्डो एक सय मिलियन सान्चोलाई मात्र नतिरे पनि अर्को विन्डो भने यो बारे सोच्ने बताएका थिए ।

धेरै संचार मध्यामहरुले पनि सान्चो इङ्ल्याण्ड नै फर्किन चाहेको बताएका थिए । सान्चोलाई अर्को जर्मन महारथी बायर्न म्युनिखले पनि भित्र्याउन चाहेको थियो ।

सान्चोको लागि मात्र भए पनि आउने ट्रान्सफर विन्डो निकै रोमान्चक हुने देखिन्छ ।

Click to comment

Trending