Headline

कोरोना प्रोटोकलका नियमहरू तोड्दै पार्टी गरे पछि इङ्ल्याण्डका तीन खेलाडी निकालिए

Published

on

कोरोना भाईरसका लागि बनाइएको छुट्टै प्रोटोकलको नियम तोड्दै बर्थडे पार्टी मनाए पछि इङ्ल्याण्डका तीन खेलाडी ट्यामी अब्राहाम,बेन चिलवेल र जेडन सान्चोले वेल्स विरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

शुक्रबार हुने वेल्स विरुद्धको मैत्रिपूर्ण खेल गुमाए पनि आइतबार देखी सुरु हुने नेसन्स लिगमा बेल्जियम विरुद्ध हुने खेलका लागि भने उनीहरुको कोरोना प्रशिक्षणको नतिजाले टोलीमा राख्ने वा नराख्ने निर्णय लिने इङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले जनाएका छन् ।

चेल्सी फर्वार्ड ट्यामी अब्राहामको २३ औँ जन्मदिनका लागि रखिएको पार्टीमा तीन जना खेलाडीले समुहमा पार्टी गरेका थिए । तिनै खेलाडीले प्रोटोकल उल्लंघनको लागि माफी मागे पनि उनीहरुलाई टोलीमा राखिएको छैन ।

“यस्तो अवस्थामा हामीले सबैलाई जोगाउनु पर्छ उनीहरुले जे गरे गलत गरे,” प्रशिक्षक साउथगेटले भने ।

अघिल्लो पटक इङ्ल्याण्डले नेसन्स लिगमा खेल्दा पनि दुई खेलाडी मेसन ग्रिनवुड र फिल फोडेनले नियम तोड्दै केटीहरु होटेलमा ल्याएका थिए ।

ट्यामी अब्राहामको स्थानमा एवर्टनका डोमिनिक काल्वर्ट लेविनलाई टोलीमा बोलाइएको छ भने बेन चिलवेलको स्थानमा चेल्सीका रिइस जेम्स र सान्चोको स्थानमा आर्सनलका साकालाई टोलीमा प्रवेश दीइएको छ ।

“इङल्याण्डका लागि खेल्नु कतीको गर्वको कुरा हो उनीहरुले बिर्सिनु हुन्न । जे भयो भयो, गल्ती सबैबाट हुन्छ,” साउथगेटले भने ।

Click to comment

Trending