Headline

जर्मनी टर्कीसँग बराबरीमा, युक्रेनको पोस्टमा फ्रान्सको सात गोल

Published

on

अन्तरराष्ट्रिय मैत्रिपूर्ण खेलहरु चलिरहदा बिहीबार भएको खेलमा जर्मनीले ट्रकीसँग ३-३ गोलको बाराबरी खेलेको छ ।

जर्मनीका लागि युलियन डाक्सलरले पहिलो गोल गरेका थिए । पहिलो हाफ पछि थपिएको इन्जुरी टाइममा डाक्सलरले जर्मनीका लागि १-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा आग्रता लिएको जर्मनीले दोस्रो हाफमा भने बराबरी गोल खान पुग्यो । ४७ औँ मिनेटमा टर्कीका लागि ओजन तुफानले बराबरी गोल गरेका थिए ।

तर फेरी ५८ औँ मिनेटमा जर्मनीले अग्रता लिएको थियो । फ्लोरियन नेउहउसले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । ६७ औँ मिनेटमा भने फेरी पनि टर्कीले बराबरी गर्‍यो । खेललाई २-२ को बराबरीमा ल्याउने क्रममा टर्कीका लागि एफेकन ककराले गोल गरेका थिए ।

८१ औँ मिनेटमा भने जर्मनीले फेरी अग्रता लिएको थियो । खेललाई ३-२ को स्थितीमा पुर्याउनका लागि लुका वालसिमिचडिटले जर्मनीका लागि गोल गरेका थिए । तर फेरी ९० मिनेट पछि थपिएको अतिरिक्त समयमा टर्कीले बराबरी गोल गरेको थियो । टर्कीका लागि केमेन करमानले गोल गर्दै खेल ३-३ को बारबरीमा ल्याएका थिए ।

यस्तै हिजो भएको अर्को खेलमा फ्रान्सले युक्रेनलाई ७-१ गोलले पराजित गरेको छ ।

फ्रान्सका लागि १०० औँ खेल खेलेका ओलिभर जिरुडले दुई गोल गरेका थिए भने एड्वार्डो कमाभिङा,कोरेन्तिन टोलीसो,किलियन एम्बाप्पे,एन्टोनियो ग्रिजमन र एक गोल भने अत्मघातिक गरेको थियो । युक्रेनका लागि भने एक मात्र गोल विक्टर साइहोन्कोवले गरेका थिए ।

यस्तै अर्को खेलमा पोर्चुगलले भने स्पेनसँग गोलरहित बराबरी खेलेको छ ।

Click to comment

Trending