IPL

त्रिपाठीको अर्धशतकको बाबजुद चेन्नाईलाई १६८ रनको लक्ष्य

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन पहिलो पटक ओपनिङमा ब्याटिङ गर्न आएका राहुल त्रिपाठीको अर्धशतकको मद्धतमा कोलकाता नाइट राईडर्सले चेन्नाई सुपर किंग्सलाई १६८ रनको लक्ष्य दिएको छ ।

शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर  १६७ रन बनायो ।

कोलकाताको लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । यस सिजन दोश्रो खेल खेलेका उनले पहिलो पटक ओपनिङमा ब्याटिङ गरेका त्रिपाठीले ड्वायन ब्राभोको बलमा आउट हुनु अघि ५१ बलको सामना गर्दै आठ चौका र तीन छक्का प्रहार गरे ।

त्रिपाठी बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान भने दिन सकेनन् । अर्का ओपनर सुबमन गिल ११ रङ बनाएर आउट भए भने नितिश रानाले पनि नौं रनको मात्र पारी खेल्न सके । यस अघिका खेलमा ओपनिङमा आएका सुनिल नारायण आज चौथों नम्बरमा ब्याटिङ गर्दै नौं बलमा १७ रन बनाएर आउट भए । त्यस पछि आएका ओइन मोर्गनले सात, आन्द्रे रसेल दुई, कप्तान दिनेश कार्तिक १२, कमलेस नगरकोटी र शिवम मावी शुन्य रनमा आउट भए भने प्याट कमिन्स १७ रनमा अविजित रहे ।

चेन्नाईको तर्फबाट ड्वायन ब्राभोले चार ओभर बलिङ गर्दै ३७ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने कर्ण शर्मा, साम कुर्रान र शार्दुल ठाकुरले पनि आफ्नो नाममा समान २-२ विकेट दर्ता गराउन सफल भए । समान चार चार ओभर बलिङ गरेका शर्मा, कुर्रान र ठाकुरले क्रमश २५, २६ र २८ रन खर्चिए ।

आजको खेलमा कोलकाताले कुनै पनि खेलाडी परिवर्तन गरेको छैन भने चेन्नाईले लेग स्पिनर पियुष चावलाको स्थानमा कर्न शर्माले सुरुवाती ११ मा राखेको छ ।

कोलकाता र चेन्नाई समान ४-४ अंकका साथ अंक तालिकाको चौथों र पाँचौ स्थानमा रहेका छन् । चार खेल खेलेको कोलकाता र पाँच खेल खेलेको चेन्नाईले समान २-२ जित दर्ता गराएका छन् भने कोलकाताले दुईमा र चेन्नाईले तीन खेलमा हारको सामना गरेको छ ।

पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको कोलकाताले दोश्रो र तेश्रो खेलमा क्रमश सनराईजर्स हैदराबादलाई ४९ रनले र राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्यो । यस अघि भएको दिल्ली क्यापिटल्ससँगको खेलमा कोलकाता १८ रनले पराजित हुन पुग्यो ।

चेन्नाईले १३औं संस्करणको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्यो । तर त्यस पछिका लगातार तेश्रो खेलमा चेन्नाई क्रमश राजस्थान रोयल्ससँग १६ रनले, दिल्ली क्यापिटल्ससँग ४४ रनले र सनराईजर्स हैदराबादसँग सात रनले पराजित हुन पुग्यो । त्यस्तै यस अघिको खेलमा चेन्नाईले किंग्स ११ पन्जाब माथि १० विकेटको सानदार जित हात पार्यो ।

आईपीएलमा कोलकाता र चेन्नाई २० खेलमा एक आपसमा भिडेका छन् जसमध्य चेन्नाईले १३ र कोलकाताले सात खेलमा जित हात पारेका छन् । पछिल्लो पाँच खेलमा एक आपसमा भिड्दा चेन्नाईले तीन तथा कोलकाताले दुई खेल जितेका थिए । अघिल्लो संस्करणका दुई खेलमा चेन्नाईले दुबै खेलमा कोलकातालाई पराजित गरेको थियो ।

Click to comment

Trending