IPL

आईपीएलमा आज चेन्नाई र कोलकाता भिड्दै 

Published

on

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को २१औं खेलमा आज महेन्द्र सिंह धोनी कप्तान रहेको चेन्नाई सुपर किंग्सले दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाता नाइट राईडर्स भिड्दै छन् । शेख जायद क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

कोलकाता र चेन्नाई समान ४-४ अंकका साथ अंक तालिकाको चौथों र पाँचौ स्थानमा रहेका छन् । चार खेल खेलेको कोलकाता र पाँच खेल खेलेको चेन्नाईले समान २-२ जित दर्ता गराएका छन् भने कोलकाताले दुईमा र चेन्नाईले तीन खेलमा हारको सामना गरेको छ ।

पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको कोलकाताले दोश्रो र तेश्रो खेलमा क्रमश सनराईजर्स हैदराबादलाई ४९ रनले र राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्यो । यस अघि भएको दिल्ली क्यापिटल्ससँगको खेलमा कोलकाता १८ रनले पराजित हुन पुग्यो ।

चेन्नाईले १३औं संस्करणको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्यो । तर त्यस पछिका लगातार तेश्रो खेलमा चेन्नाई क्रमश राजस्थान रोयल्ससँग १६ रनले, दिल्ली क्यापिटल्ससँग ४४ रनले र सनराईजर्स हैदराबादसँग सात रनले पराजित हुन पुग्यो । त्यस्तै यस अघिको खेलमा चेन्नाईले किंग्स ११ पन्जाब माथि १० विकेटको सानदार जित हात पार्यो ।

आईपीएलमा कोलकाता र चेन्नाई २० खेलमा एक आपसमा भिडेका छन् जसमध्य चेन्नाईले १३ र कोलकाताले सात खेलमा जित हात पारेका छन् । पछिल्लो पाँच खेलमा एक आपसमा भिड्दा चेन्नाईले तीन तथा कोलकाताले दुई खेल जितेका थिए । अघिल्लो संस्करणका दुई खेलमा चेन्नाईले दुबै खेलमा कोलकातालाई पराजित गरेको थियो ।

Click to comment

Trending