Headline

बेलले म्याड्रिडलाई लगाएको गुण नबिर्सिन मोड्रिचको समर्थकहरुलाई आग्रह

Published

on

क्रोएसियन मिड्फिल्डर लुका मोड्रिचले आफ्नो पूर्व टीमका साथी ग्यारेथ बेलको बचाव गर्दै उनको रियल म्याड्रिडको ड्रेसिङ रुममा कोहीसँग पनि समस्या नभएको र बेलले रियल म्याड्रिडमा खेल्दा क्लबका लागि गरेको कमहरु सम्झन समर्थकहरुलाई आग्रह पनि गरेका छन् ।

सात वर्षको म्याड्रिड बसाँइ पछि ग्यारेथ बेल भर्खर सक्किएको ट्रान्सफर विन्डोमा एक सिजनका लागि आफ्नो पुर्व क्लब टोटनह्याम हट्सपर फर्किएका छन् ।

बेलले म्याड्रिडमा रहदा चार च्याम्पियन्स लिग,दुइ ला लिगा र एक कोपा डेल रेको उपाधि जितेका थिए ।

३१ वर्षिय बेलले म्याड्रिडका लागि धेरै खेल खेले पनि हाल सालका सिजनहरुमा भने जिनेदिन जिदानले उनलाई टोलीमा समावेस गराएका थिएनन् । बहिर आएका हल्लाहरु अनुसार बेलले जिदान र टोलीका साथीहरुले भनेको कुरालाई वस्ता नगर्ने आरोप लगाएको थियो ।

तर बेलका पुराना साथी र म्याड्रिडका मिड्फिल्डर मोड्रिचले भने उनको बचाव गर्दै त्यस्तो केही नभएको बताएका थिए।

मोड्रिचले बेल हरेक खेलका लागि फिट भएको र उनलाई स्पेनिस पनि बोल्न आउने तर बोल्न लजाउने भएको पनि बताए ।

“म मेरो खेलादी जीवनमा सबै भन्दा नजिक बेलसँग छु। उ एकदम रमाइलो मान्छे हो । बेल रमाइलो भए पनि लजालु छ, म जस्तै,” मोड्रिचले भने ।

“उनी निकै मेहेनती खेलाडी हुन् । उनी बारे गएको केही वर्षमा बहिरा आएका कुराहरु सबै गलत हुन् । उनले म्याड्रिडमा गरेको काम प्रभावकारी छ र उनलाई यहाँ सधैं एक खेलाडीका रुपमा सम्झिनेछन् जसले क्लबका लागि धेरै सम्झनलायक काम गरेका छन्,”

“ड्रेसिंग रूममा उनलाई कहिले पनि कुनै समस्या परेको छैन, उनी निकै राम्रा मानिस हुन् । उनी स्पेनिश बोल्छन्, हामीसँग ठट्टा पनि गर्छन्।”

“तर बेल अहिले क्लबमा नभए पनि समर्थकहरुले उनले म्याड्रिडका लागि गरेको कमलाई कहिले भुल्नु हुँदैन,” मोड्रिचले भने

Click to comment

Trending