राष्ट्रिय

२५ दिन पछि ललित हस्पिटलबाट डिस्चार्ज

Published

on

मोटरसाइकल दुर्घटनामा परेर हस्पिटलमा उपचारार्थ राष्ट्रिय क्रिकेट टोलीका बाया हाते तिब्र गतिका बलर ललित सिंह भण्डारी हस्पिटलबाट २५ दिन पछि हस्पिटलबाट डिस्चार्ज भएका छन् ।

गत भदौ २८ गते झलारी बजारमा ललितले चलाएको म २ प ४७०५ नम्बरको मोटरसाइकललाई महेन्द्रनगरतर्फ गइरहेको से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिंदा उनी घाइते भएका थिए ।

धनगढीको निसर्ग हस्पिटलमा उपचार पूर्ण रुपले सम्भव नभएपछि एम्बुलेन्समा ललितलाई कोहलपुर शिक्षण अस्पताल लगिएको थियो । कोहलपुरमा पनि ललितको उपचार सम्भव नभए पछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

दुर्घटनामा उनको हात र खुट्टामा गम्भिर चोट लागेका कारण शल्यक्रिया नै गर्न पर्ने भएको थियो । ललितको ग्रान्डी हस्पिटलमा यहि असोज एक गते सफल शल्यक्रिया सम्पन्न भएको थियो ।

दुर्घट्नामा ललितसँगै रहेका उनको नाता पर्ने २४ बर्षिय करण ठगुन्ना भने सामान्य घाइते भएका थिए ।

डिसेम्बर ६ मा आईसिसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईबिरुद्ध नेपालका लागि डेब्यु गरेका ललितले नेपालको ऐतिहासिक पहिलो दुई एकदिवसीय मध्यै दोश्रो म्याचमा एकदिवसीय अन्तर्राष्ट्रियमा पनि डेब्यु गरिसकेका छन् ।

उनले अगष्ट ३ मा नेदरल्याण्ड्सबिरुद्ध एम्स्टलभिनमा पहिलो ओडिआई खेलका थिए भने उक्त खेलमा ललितले दुई विकेट पनि लिएका थिए । घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्ने गरेका ललित फ्रान्चाइज लिगहरुमा पनि प्रमुख खेलाडीको रुपमा रहने गरेका छन् ।

यसै बीच क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ललितको सहयोगार्थ संचालन गरेको अभियानबाट संकलन गरेको रकम पनि आजै हस्तान्तरण गरेको छ । अभियानबाट कुल कुल १० लाख उठेको थियो । जस मध्य तीन लाख ८० हजार हेलिकप्टरबाट ललितलाई काठमाडौँ ल्याउनका लागि लागेको खर्च सिम्रिक एयरलाई दिएर बाँकी रकम चार लाख २८ हजार सिप्यानका अध्यक्ष डा. मनिष राज पाण्डे तथा महासचिव र कोषाध्यक्ष पृथु बास्कोटाले ललितकी श्रीमतीलाई हस्तान्तरण गरे ।

Click to comment

Trending