IPL

मुम्बईले पहिले ब्याटिङ गर्ने

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो छैठौं खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सको विरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

मुम्बईले आजको खेलमा कुनै परिवर्तन गरेको छैन भने राजस्थानले कार्तिक त्यागी, यशस्वी जैसवाल र अंकित राजपुतलाई सुरुवाती ११ मा समावेस गरेको छ ।

पाँच खेल खेलेको मुम्बई तीन जित दर्ता गर्दै छ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको राजस्थानले दुई जितका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

यस सिजनको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले दोश्रो खेलमा कोलकाता नाइट राईडर्सलाई ४९ रनको फराकिलो अन्तरले पराजित गर्यो । रोयल च्यालेन्जर्स बेंगलोरसँगको खेल बराबरीमा टुंगिए पनि मुम्बई सुपर ओभरमा पराजित हुन पुग्यो । मुम्बईले त्यस पछिका दुई खेलमा किंग्स ११ पन्जाबलाई ४८ रनले र सनराईजर्स हैदराबादलाई ३४ रनले पराजित गर्यो ।

प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा जित हात पार्दै उत्कृस्ट सुरुवात गरेको राजस्थान पछिल्लो दुई खेलमा भने पराजित हुन पुग्यो । आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले र दोश्रो खेलमा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गरेको राजस्थान कोलकाता नाइट राईडर्ससँग ३७ रनले र रोयल च्यालेन्जर्स बेंगलोरसँग आठ विकेटले पराजित हुन पुग्यो ।

मुम्बई र राजस्थान कुल २३ पटक एक आपसमा भिडेका छन् जसमा दुबै टोलीले ११-११ खेल जितेका छन् भने एक खेल रद्द भएको थियो । उनीहरु आईपीएलमा २१ पटक भिड्दा १०-१० खेल जित्न सफल भएका थिए ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने मुम्बई राजस्थान अघि निरिह रहेको छ । पाँच खेलमा राजस्थानले चार खेलमा जित हात पार्दा मुम्बईले एक खेल मात्र जित्न सकेको थियो ।मुम्बईले पछिल्लो पटक राजस्थानलाई सन् २०१५ को सिजनमा पराजित गरेको थियो ।

Click to comment

Trending