IPL

साबिक विजेता मुम्बई राजस्थानको सामना गर्दै

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज साबिक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सको समान गर्दै छ । शेख जायद क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

पाँच खेल खेलेको मुम्बई तीन जित दर्ता गर्दै छ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको राजस्थानले दुई जितका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

यस सिजनको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले दोश्रो खेलमा कोलकाता नाइट राईडर्सलाई ४९ रनको फराकिलो अन्तरले पराजित गर्यो । रोयल च्यालेन्जर्स बेंगलोरसँगको खेल बराबरीमा टुंगिए पनि मुम्बई सुपर ओभरमा पराजित हुन पुग्यो । मुम्बईले त्यस पछिका दुई खेलमा किंग्स ११ पन्जाबलाई ४८ रनले र सनराईजर्स हैदराबादलाई ३४ रनले पराजित गर्यो ।

प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा जित हात पार्दै उत्कृस्ट सुरुवात गरेको राजस्थान पछिल्लो दुई खेलमा भने पराजित हुन पुग्यो । आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले र दोश्रो खेलमा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गरेको राजस्थान कोलकाता नाइट राईडर्ससँग ३७ रनले र रोयल च्यालेन्जर्स बेंगलोरसँग आठ विकेटले पराजित हुन पुग्यो ।

मुम्बई र राजस्थान कुल २३ पटक एक आपसमा भिडेका छन् जसमा दुबै टोलीले ११-११ खेल जितेका छन् भने एक खेल रद्द भएको थियो । उनीहरु आईपीएलमा २१ पटक भिड्दा १०-१० खेल जित्न सफल भएका थिए ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने मुम्बई राजस्थान अघि निरिह रहेको छ । पाँच खेलमा राजस्थानले चार खेलमा जित हात पार्दा मुम्बईले एक खेल मात्र जित्न सकेको थियो । मुम्बईले पछिल्लो पटक राजस्थानलाई सन् २०१५ को सिजनमा पराजित गरेको थियो ।

Click to comment

Trending