Headline

प्रिमियर लिग ट्रान्स्फर विन्डोको अन्तिम दिन: कुन खेलाडी कुन क्लबमा ?

Published

on

खेलाडी अनुबन्धन गर्नका लागि विश्व फुटबलमा छुट्टै मिती हुने गर्छ । जनवरीको एक महिना र जुन-जुलाईको महिनालाई विश्व खेलाडी बजारको दिन भनेर चिनिने गरिन्छ । त्यसै गरी यो सिजन पनि यही मितीमा ट्रान्सफर विन्डोमा खुल्यो । अन्य लिग भन्दा प्रिमियर लिगमा यो सिजन धेरै खेलाडी भित्रिएका छन् ।

यस्तै प्रिमियर लिग ट्रान्स्फर विन्डोको अन्तिम दिन कुन खेलाडी कुन क्लबमा अनुबन्धित भए ? पढ्नुहोस्:

१) एलेक्स टेल्लेस,पोर्टोबाट म्यानचेस्टर युनाइटेड (१५.४ मिलियन पाउन्ड) 

ब्राजिलियन लेफ्ट ब्याक्क एलेक्स टेल्लेसलाई धेरै प्रिमियर लिग क्लबहरुले आँखा लगाए पनि उनले म्यानचेस्टर युनाइटेड रोजेका हुन् ।
युनाइटेडको बोर्डलाई खेलाडी नकिन्ने आरोप लागेको समयमा टेल्लेसको आगमनले थोरै रहात दिने छ ।

२) बेन गोड्फ्रे,नर्विचबाट एवर्टन ( २५ मिलियन पाउन्ड)  

गएको सिजन नर्विच प्रिमियर लिगबाट रेलिगेसनमा पर्दै च्याम्पियनशिपमा झरेको नर्विचमा निकै प्रतिभावान खेलाडीहरु थिए ।
त्यी मद्धेका एक थिए बेन गोड्फ्रे र त्यही गोड्फ्रेलाई एवर्टनको बिशाल ट्रान्सफर विन्डोको भाग बनाउदै क्लबमा भित्र्याएको छ ।

३) थोमस पार्टे,एट्लेटिको म्याड्रिडबाट आर्सनल (५० मिलियन पाउन्ड)

आर्सनल पार्टेलाई जनवरीको ट्रान्फर विन्डो देखी नै अनुबन्धन गर्न चाहन्थियो।  आर्सनलले उनलाई भरी रिलिज कल्ज तिर्दै क्लबमा भित्र्याएको हो ।

४)एमाड डिएल्लो,आट्लान्टाबाट म्यानचेस्टर युनाइटेड (३७ मिलियन पाउन्ड)

युनाइटेडको बोर्डलाई खेलाडी नकिन्ने आरोप लागिरह्को बेला एमाड डिएल्लोको आगमनले समर्थकहरु हर्षित भएका छन् ।
यो विन्डोमा खरिद गरे पनि डिएल्लो जनवरीमा मात्र युनाइटेडको खेलाडी हुने छन् ।

५) थियो वालकट, एवर्टनबाट साउथह्याम्प्टन ( एक सिजनको लोन)

ईंग्लिस खेलाडी थियो वालकट प्रिमियर लिगमा पारीचित खेलाडी हुन् । साउथह्याम्प्टनबाट आफ्नो कारीयर सुरु गरेका वालकट आर्सनल र एवर्टन हुँदै फेरी आफ्नो पुर्व क्लब साउथह्याम्प्टनमा गएका हुन् ।

६) रफिना,रेनेसबाट लिड्स युनाइटेड (१७ मिलियन पाउन्ड)

मार्सेलो बिएल्साको यो विन्डोको खेलाडी किनमेल निकै उत्कृष्ट गयो । उनले चाहेका जती सबै खेलाडी किनेका छन् ।
फ्रेन्च क्लब रेनेसबाट विङर रफिनालाई किने सँगइ लिड्सले आफ्नो चौँथो नयाँ खेलाडी भित्र्याएको छ ।

७) एडिसन कभानी, फ्री ट्रान्सफरबाट म्यानचेस्टर युनाइटेडमा

पिएसजीसँग सम्झौता सकिए पछि क्लब बिहिन रहेका कभानीलाई म्यानचेस्टर युनाइटेडले बिना कुनै शुल्क क्लबमा भित्र्याएको हो ।
उरुग्वेयन फर्वार्ड कभानीले इटालीमा नापोली खेल्दै  आफ्नो प्रभाव छोडिसकेका  छन्  । २०१६ मा यसै गरी युनाइटेडले ३६ बर्षिय जल्टान इब्रामिभोकलाई पिएसजीबाट युनाइटेड भित्र्याएको थियो ।

८) रुबेन लफ्टस चिक, चेल्सीबाट फुल्ह्याम, (एक सिजनको लोन)

फुल्ह्याम यो सिजनको ट्रान्सफर विन्डोमा कम खेलाडी खारिद गरे पनि निकै व्यस्त देखियो । चेल्सीका दुई खेलाडी बिच कस्लाई लोनमा लिने भन्ने विषयमा फुल्ह्यामले रुबेन लफ्टस चिकलाई छानेको हो । चेल्सीले अर्का मिड्फिल्डर रस बार्क्लेलाई भने एस्टन भिल्ला लोनमा पठाइसकेको छ ।

Click to comment

Trending