Headline

ट्रान्सफर विन्डोको अन्तिम दिन पार्टे आर्सनलमा

Published

on

एट्लेटिको म्याड्रिडको मिड्फिल्डर थोमस पार्टेलाई ईंग्लिस प्रिमियर लिग क्लब आर्सनलले ५० मिलियन युरोमा भित्र्याएको छ ।

२७ वर्षिय पार्टेले एट्लेटिकोमा गएको सिजन ३५ खेल खेल्दै तीन गोल पनि गरेका थिए । घानाका मिड्फिल्डर उनलाई धेरै क्लबले आफ्नो खेलाडी बनाउन चाहे पनि उनी आर्सनलमा अनुबन्धित भएका हुन् ।

२०११ मा एट्लेटिको प्रवेश गरेका उनले क्लबका लागि १८८ खेल खेलेका छन् । यस्तै एट्लेटिकोमा भने आर्सनलले लुकस टोरेरालाई लोन मार्फत एक सिजनका लागि ला लिगामा पठाएको छ ।

आर्सनल पार्टेलाई जनवरीको ट्रान्फर विन्डो देखी नै अनुबन्धन गर्न चाहन्थियो। घानाका लागि २९ खेल खेलेका पार्टेले एट्लेटिकोसँग युरोपा लिग र सुपर कप जितेका छन् ।

आर्सनलले उनलाई भरी रिलिज कल्ज तिर्दै क्लबमा भित्र्याएको हो ।

Click to comment

Trending