IPL

रबाडाको घातक बलिङमा बेंगलोरको लज्जास्पद हार, दिल्ली अंक तालिकाको शिर्ष स्थानमा   

Published

on

बलिङमा कागिसो रबाडाको घातक बलिङ तथा ब्याटिङमा पृथ्वी श र मार्कस स्टोइनिसको तुफानी पारी खेले पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो पाँचौं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनको अन्तरले पराजित गरेको छ । यससँगै आठ अंकका साथ दिल्ली अंक तालिकाको शिर्ष स्थानमा पनि उक्लिएको छ ।

१९७ रनको विशाल लक्ष्य पक्ष्याएको बेंगलोरले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र १३७ रन बनाउन सक्यो ।

बेंगलोरको तर्फबाट कप्तान बिराट कोहली बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । ३९ बलको सामना गर्दै दुई चौका र एक छक्का सहित सर्वाधिक ४३ रन बनाएका कोहली १३ दशमलब तीन ओभरमा बेंगलोरको स्कोर ९४ हुँदा कागिसो रबाडाको शिकार भए ।

खराब सुरुवात गरेको बेंगलोरले यस अघि तीन खेलमा अर्धशतक प्रहार गरेका ओपनर देवदत्त पडिकल (छ बलमा चार रन) लाई तेश्रो ओभरमा गुमायो । त्यस पछि अर्का ओपनर आरोन फ़िञ्च पनि त्यस पछिको ओभरमा आउट भए । बेंगलोरका अन्य ब्याट्सम्यानहरु एबी डि भिलियर्स नौ, मोइन अली ११, वाशिंगटन सुन्दर १७, शौरभ दुबे ११, इशरु उडाना एक, मोहम्मद सिराज पाँच रनमा पेभेलियन फर्किए भने नवदिप साइनी १२ रनमा अविजित रहे ।

बेंगलोरको पारी ध्वस्त पार्ने क्रममा कागिसो रबाडा सर्वाधिक चार विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिए । रबाडा बाहेक एनरिच नोर्ट्जे र अक्सर पटेलले क्रमश २२ र १८ रन दिएर समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९६ रन बनायो ।

दिल्लीको लागि मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन रन बनाए । अविजित रहेका उनले २६ बल खेल्दै छ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै दिल्लीको तर्फबाट ओपनर पृथ्वी शले ४२, विकेट किपर ब्याट्सम्यान रिशब पन्तले ३७ तथा शिखर धवनले क्रमश रनको पारी खेले ।

सुरुवात देखि नै आक्रमक खेलेका शले पहिलो विकेटका लागि धवनसँग मिलेर छ दशमलब चार ओभरमा ६८ रनको साझेदारी गरे । २३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका उनी मोहम्मद सिराजको बलमा आउट भए । श आउट भए पछि २२ रन भित्र २८ बल खेलेका धवन र १३ बलमा ११ रन बनाएका कप्तान श्रेयस ऐयर इशरु उडाना र मोइन अलीको शिकार भए ।

११ दशमलब तीन ओभरमा दिल्ली तीन विकेटको नोक्सानीमा ९० रनबाट स्टोइनिस र पन्तले १८ दशमलब दुई ओभरमा चार विकेटको नोक्सानीमा १७९ रनको अवस्था सम्म पुर्याए । उनीहरुले चौथों विकेटका लागि मात्र ४१ बलमा ८९ रन जोडे । ठुलो सट खेल्ने प्रयासमा रिशब पन्त सिराजको बलमा बोल्ड हुन पुगे ।

बेंगलोरका मोहम्मद सिराजले सर्वाधिक दुई विकेट लिए भने इशरु उडाना र मोइन अलीले पनि १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गरेको दिल्ली दोश्रो खेलमा चेन्नाई सुपर किंग्ससँग ४४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । दिल्लीले त्यस पछिका दुई खेलमा क्रमश सनराईजर्स हैदराबादलाई १५ रनले र कोलकाता नाइट राईडर्सलाई १८ रनले पराजित गरेको थियो ।

आफ्नो पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको बेंगलोरले दोश्रो खेलमा किंग्स ११ पन्जाबसँग ९७ रनको लज्जास्पद हारको सामना गर्यो । तेश्रो उसले खेलमा मुम्बई इन्डियन्ससँग सुपर ओभरमा रोमान्चक जित दर्ता गरायो भने यस अघिको खेलमा राजस्थान रोयल्स माथि आठ विकेटको सहज जित दर्ता गरायो ।

Click to comment

Trending