IPL

श र स्टोइनिसको तुफानी पारीमा बेंगलोरलाई विशाल लक्ष्य

Published

on

ओपनर पृथ्वी श र मार्कस स्टोइनिसले तुफानी पारी खेले पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो पाँचौं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १९७ रनको लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९६ रन बनायो ।

दिल्लीको लागि मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन बनाए । अविजित रहेका उनले २६ बल खेल्दै छ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै दिल्लीको तर्फबाट ओपनर पृथ्वी शले ४२, विकेट किपर ब्याट्सम्यान रिशब पन्तले ३७ तथा शिखर धवनले क्रमश रनको पारी खेले ।

सुरुवात देखि नै आक्रमक खेलेका शले पहिलो विकेटका लागि धवनसँग मिलेर छ दशमलब चार ओभरमा ६८ रनको साझेदारी गरे । २३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका उनी मोहम्मद सिराजको बलमा आउट भए । श आउट भए पछि २२ रन भित्र २८ बल खेलेका धवन र १३ बलमा ११ रन बनाएका कप्तान श्रेयस ऐयर इशरु उडाना र मोइन अलीको शिकार भए ।

११ दशमलब तीन ओभरमा दिल्ली तीन विकेटको नोक्सानीमा ९० रनबाट स्टोइनिस र पन्तले १८ दशमलब दुई ओभरमा चार विकेटको नोक्सानीमा १७९ रनको अवस्था सम्म पुर्याए । उनीहरुले चौथों विकेटका लागि मात्र ४१ बलमा ८९ रन जोडे । ठुलो सट खेल्ने प्रयासमा रिशब पन्त सिराजको बलमा बोल्ड हुन पुगे ।

बेंगलोरका मोहम्मद सिराजले सर्वाधिक दुई विकेट लिए भने इशरु उडाना र मोइन अलीले पनि १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

आजको खेलमा बेंगलोरले दुई परिवर्तन गरेको छ भने दिल्लीले एक परिवर्तन गरेको छ । पेटमा समस्या देखिए पछि बेंगलोरले एडम जाम्पाको स्थानमा मोइन अलीलाई सुरुवाती ११ मा राखेको छ । त्यस्तै बेंगलोरले गुरकीरात मनको स्थानमा मोहम्मद सिराजलाई खेलाउने भएको छ । दिल्लीका भेट्रान लेग स्पिनर अमित मिश्रा औंलामा लागेका चोटका कारण आईपीएलबाट बाहिरिए पछि उनको स्थानमा आज अक्सर पटेलले खेल्ने मौका पाएका छन् ।

आजको खेलमा पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई सुरुवाती ११ मा स्थान दिएको छैन । मिश्रा खेल्न नसक्ने भए पनि दिल्लीले सन्दिपलाई मौका दिएन । यस अघि चार खेलमा सन्दिपलाई दिल्लीले बेञ्चमा नै राखेको थियो । सन् २०१८ को सिजनमा दिल्लीमा आबद्ध भएका सन्दिपले अघिल्ला दुई सिजनमा मात्र नौं खेल खेल्ने मौका पाएका थिए जसमा उनले १३ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

समान ४-४ खेल खेल्दै ३ जित र एक हारका साथ दुबै टोलीको ६-६ अंक रहेको छ । नेट रन रेटका आधारमा दिल्ली अंक तालिकाको दोश्रो स्थानमा छ भने बेंगलोर तेश्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको मुम्बई इन्डियन्स छ अंक नै रहे पनि पहिलो स्थानमा छ । आजको खेलमा जित हात पार्ने टोलीले दुई अंक अघि रहँदै अंक तालिकाको पहिलो स्थान ओकट्ने छ ।

पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गरेको दिल्ली दोश्रो खेलमा चेन्नाई सुपर किंग्ससँग ४४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । दिल्लीले त्यस पछिका दुई खेलमा क्रमश सनराईजर्स हैदराबादलाई १५ रनले र कोलकाता नाइट राईडर्सलाई १८ रनले पराजित गरेको थियो ।

आफ्नो पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको बेंगलोरले दोश्रो खेलमा किंग्स ११ पन्जाबसँग ९७ रनको लज्जास्पद हारको सामना गर्यो । तेश्रो उसले खेलमा मुम्बई इन्डियन्ससँग सुपर ओभरमा रोमान्चक जित दर्ता गरायो भने यस अघिको खेलमा राजस्थान रोयल्स माथि आठ विकेटको सहज जित दर्ता गरायो ।

आईपीएलमा दिल्ली र बेंगलोर २३ पटक भिडेका छन् जस मध्य बेंगलोरले १४ खेल तथा दिल्लीले आठ खेल आफ्नो पक्ष्यमा राख्न सफल भएका छन् । एक खेल भने वर्षाका कारण रद्ध हुन पुगेको थियो ।

पछिल्लो पाँच खेल मध्य बेंगलोरले तीन खेलमा जित हात पार्दा दिल्लीले दुई खेलमा जित निकाल्न सकेको थियो । दिल्लीले दुबै खेल अघिल्लो सिजनमा बेंगलोरलाई पराजित गरेको हो ।

Click to comment

Trending