IPL

दिल्ली पहिले ब्याटिङमा, सन्दिप आज पनि बेञ्चमा नै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो पाँचौं खेलमा दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्ने भएको छ । रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान बिराट कोहलीले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

आजको खेलमा बेंगलोरले दुई परिवर्तन गरेको छ भने दिल्लीले एक परिवर्तन गरेको छ । पेटमा समस्या देखिए पछि बेंगलोरले एडम जाम्पाको स्थानमा मोइन अलीलाई सुरुवाती ११ मा राखेको छ । त्यस्तै बेंगलोरले गुरकीरात मनको स्थानमा मोहम्मद सिराजलाई खेलाउने भएको छ । दिल्लीका भेट्रान लेग स्पिनर अमित मिश्रा औंलामा लागेका चोटका कारण आईपीएलबाट बाहिरिए पछि उनको स्थानमा आज अक्सर पटेलले खेल्ने मौका पाएका छन् ।

आजको खेलमा पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई सुरुवाती ११ मा स्थान दिएको छैन । मिश्रा खेल्न नसक्ने भए पनि दिल्लीले सन्दिपलाई मौका दिएन । यस अघि चार खेलमा सन्दिपलाई दिल्लीले बेञ्चमा नै राखेको थियो । सन् २०१८ को सिजनमा दिल्लीमा आबद्ध भएका सन्दिपले अघिल्ला दुई सिजनमा मात्र नौं खेल खेल्ने मौका पाएका थिए जसमा उनले १३ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

समान ४-४ खेल खेल्दै ३ जित र एक हारका साथ दुबै टोलीको ६-६ अंक रहेको छ । नेट रन रेटका आधारमा दिल्ली अंक तालिकाको दोश्रो स्थानमा छ भने बेंगलोर तेश्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको मुम्बई इन्डियन्स छ अंक नै रहे पनि पहिलो स्थानमा छ । आजको खेलमा जित हात पार्ने टोलीले दुई अंक अघि रहँदै अंक तालिकाको पहिलो स्थान ओकट्ने छ ।

पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गरेको दिल्ली दोश्रो खेलमा चेन्नाई सुपर किंग्ससँग ४४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । दिल्लीले त्यस पछिका दुई खेलमा क्रमश सनराईजर्स हैदराबादलाई १५ रनले र कोलकाता नाइट राईडर्सलाई १८ रनले पराजित गरेको थियो ।

आफ्नो पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको बेंगलोरले दोश्रो खेलमा किंग्स ११ पन्जाबसँग ९७ रनको लज्जास्पद हारको सामना गर्यो । तेश्रो उसले खेलमा मुम्बई इन्डियन्ससँग सुपर ओभरमा रोमान्चक जित दर्ता गरायो भने यस अघिको खेलमा राजस्थान रोयल्स माथि आठ विकेटको सहज जित दर्ता गरायो ।

आईपीएलमा दिल्ली र बेंगलोर २३ पटक भिडेका छन् जस मध्य बेंगलोरले १४ खेल तथा दिल्लीले आठ खेल आफ्नो पक्ष्यमा राख्न सफल भएका छन् । एक खेल भने वर्षाका कारण रद्ध हुन पुगेको थियो ।

पछिल्लो पाँच खेल मध्य बेंगलोरले तीन खेलमा जित हात पार्दा दिल्लीले दुई खेलमा जित निकाल्न सकेको थियो । दिल्लीले दुबै खेल अघिल्लो सिजनमा बेंगलोरलाई पराजित गरेको हो ।

Click to comment

Trending