IPL

अमित मिश्रा आईपीएलबाट आउट, सन्दिपलाई फाइदा होला ?

Published

on

दिल्ली क्यापिटल्सका लेग स्पिनर अमित मिश्राले इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल गुमाउने भएका छन् ।

मिश्रा औंलामा लागेका चोटका कारण अबका बाँकी खेल खेल्न नसक्ने भएका हुन् । कोलकाता नाइट राईडर्स विरुद्धको खेलका क्रममा आफ्नै बलिङमा आएको क्याच समात्ने क्रममा उनको औंलामा चोट लाग्न पुगेको थियो ।
दिल्लीको लागि आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सुचीको पहिलो नम्बरमा रहेका मिश्राको यस सिजन भने खासै जादु चलेको छैन । यस सिजन तीन खेल मात्र खेलेका उनले आफ्नो नाममा तीन विकेट मात्र दर्ता गराउन सकेका छन् ।

यसै बीच मिश्रा आईपीएलबाट बाहिरिय पछि नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई फाइदा पुग्ने देखिन्छ । मिश्रा टोलीमा रहेका कारण नै पनि सन्दिपलाई मौका पाउन गार्हो भएको थियो । एकै खेलमा दुई लेग स्पिनर खेलाउन दिल्लीलाई सहज पनि थिएन ।

यस अघि चार खेलमा सन्दिपलाई दिल्लीले बेञ्चमा नै राखेको थियो । सन् २०१८ को सिजनमा दिल्लीमा आबद्ध भएका सन्दिपले अघिल्ला दुई सिजनमा मात्र नौं खेल खेल्ने मौका पाएका थिए जसमा उनले १३ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

Click to comment

Trending